सोमबार, फागुन १८, २०८२

बराबरीमा रोकिए सिटी र लिभरपुल, टोटेनहम र चेल्सी विजयी

यता घरेलु मैदानमा भएको खेलमा टोटेहम हट्स्पर र चेल्सीले समान २–१ को जित निकालेका छन्।
 |  आइतबार, भदौ १९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १९, २०७९

काठमाडौं- इंग्सिल प्रिमियर लिगमा शनिबार राति उपाधि दाबेदार लिभरपुल र म्यानचेस्टर सिटी बराबरीमा रोकिएका छन्। यता घरेलु मैदानमा भएको खेलमा टोटेहम हट्स्पर र चेल्सीले समान २–१ को जित निकालेका छन्।

एभर्टनको गुसिडन पार्कमा सम्पन्न भएको खेलमा लिभरपुलले घरेलु टिमविरुद्ध गोलरहित बराबरी खेलेको छ। खेल अवधिभर ६१ प्रतिशत समय बलमा नियन्त्रण बनाए पनि लिभरपुलले गोल गर्न सकेन।

यता एस्टन भिल्लाको मैदानमा भएको खेलमा भने म्यानचेस्टर सिटीले घरेलु टिमविरुद्ध १–१ को बराबरी गरेको छ।

खेलको ५०औं मिनेटमा हाल्यान्डको गोलमा अग्रता बनाए पनि सिटीले अग्रता जोगाउन नसक्दा खेल बराबरीमा रोकिएको हो। भिल्लाका लागि खेलको ७४औं मिनेटमा लियोन बिइलेले गोल गरेका थिए।

त्यस्तै, टोटेनहम हट्स्पर रंगशालामा भएको खेलमा भने घरेलु टिमले फुलहामलाई २–१ ले हराएको छ। पियरे इमिलीले ४०औं मिनेटमा अग्रता बनाएको खेलमा केनले ७५औं मिनेटमा अग्रता दोब्बर बनाएका थिए। 

kumari

यता सिजनमा राम्रो सुरुआत गर्न नसकेको चेल्सीले शनिबार राति तेस्रो जित निकालेको छ। एक गोलले पछि परेको अवस्थाबाट बराबरी गर्दै चेल्सीले वेस्ट ह्यामविरुद्ध २ –१ को जित निकालेको हो।

चेल्सीका लागि बेन चिलवेल र केइ हभाट्जले गोल गरेका थिए। यता वेस्ट ह्यामका मिचेल एन्टोनियोले पनि गोल गरेपछि चेल्सीले २–१ को जित निकालेको हो। यो जितसँगै चेल्सी तालिकाको पाँचौ स्थानमा छ।

त्यस्तै, चार जित निकालेको टोटेनहम १४ अंकका साथ तेस्रो स्थानमा छ भने समान १४ अंकका साथ म्यानचेस्टर सिटी दोस्रो स्थानमा छ। शीर्षस्थानमा रहेको आर्सनलले चो छैटौं चरणको खेल खेलेको छ। यद्यपी पाँच खेलमा सतप्रतिसत अंक बनाएको आर्सनले लिगको शीर्षस्थानमा रहेको छ।

लिभरपुलले यो वर्ष राम्रो सुरुआत गर्न सकेन। म्याचेस्टर युनाइटेडसँग हार बेहोरेको लिभरपुललले तीन वटा बराबरी खेलिसकेको छ। दुई जितसँगै ९ अंक बनाएको लिभरपुल छैटौं स्थानमा छ।

प्रकाशित: Sep 04, 2022| 09:56 आइतबार, भदौ १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।