सोमबार, फागुन १८, २०८२

बुन्डेसलिगामा डर्टमन्डको चोथो जित, बराबरीमा रोकियो बायर्न

डर्टमन्डको घरेलु मैदानमा सम्पन्न खेलमा उसले पाहुना टिम होफेनहाइमलाई १-० ले हराएको हो।
 |  आइतबार, भदौ १९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १९, २०७९

काठमाडौं- जर्मन शीर्ष डिभिजनको फुटबल बुन्डेसलिगामा शनिबार राति बोरुसिया डर्टमन्डले जित निकालेको छ। डर्टमन्डको घरेलु मैदानमा सम्पन्न खेलमा उसले पाहुना टिम होफेनहाइमलाई १-० ले हराएको हो।

डर्टमनका लागि खेलको १६औं मिनेटमा मार्को रिउसले गोल गरेका थिए। उनको त्यो गोलले बनाएको अग्रता बचाउँदै डर्टमन्डले जित निकालेको हो।

यता, बायर्नले भने लिगमा दोस्रो बराबरी खेलेको छ। उसले शनिबार रातिको खेलमा युनियन बर्लिनसँग १ –१ को बराबरी खेलेको हो।

बायर्नका लागि खेलको १५औं मिनेटमा जुसुवा किमिचले गोल गरेका थिए। यता, १२औं मिनेटमै एक गोलले पछि परेको अवस्थाबाट बायर्नले गोल गर्दै खेललाई बराबरीमा ल्याएको हो। यो बराबरीसँगै बायर्न तेस्रो स्थानमा झरेको छ।

चार खेलमा जित निकालेको फ्रिइबर्ग १२ अंकका साथ शीर्षस्थानमा उक्लिएको छ भने समान १२ अंक भएको डर्टमन्ड दोस्रो स्थानमा रहेको छ। बयर्नसँग बराबरी गरेको युनियन बर्लिन भने चौथो स्थानमा रहेको छ। होफेनहाइमले भने छैटौ स्थान सुरक्षित गरेको छ।

kumari

प्रकाशित: Sep 04, 2022| 09:30 आइतबार, भदौ १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।