मंगलबार, कात्तिक १८, २०८२

मोरङ उर्लाबारीको सुधार केन्द्रबाट १३ जना फरार

मोरङको उर्लाबारीमा रहेको सुधार केन्द्रबाट एकैपटक १३ जना दुर्व्यसनी फरार भएका छन्।
 |  आइतबार, भदौ १९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १९, २०७९

विराटनगर- मोरङको उर्लाबारीमा रहेको सुधार केन्द्रबाट एकैपटक १३ जना दुर्व्यसनी फरार भएका छन्। 

Kumaribank

उर्लाबारी नगरपालिका–७ स्थित जीवन बचाउ उपचार सेवा गृहबाट शनिबार साँझ लागूऔषधका दुर्व्यसनी भागेका हुन्। सुधार केन्द्रमा रहेका ३२ मध्ये १३ जना साँझ ६:४५ बजेतिर भागेको केन्द्रका इन्चार्ज रवीन्द्रप्रसाद दाहालले जानकारी दिए। 

तीन जना सुरक्षागार्डलाई धम्क्याउँदै एकैपटक ठूलो सङ्ख्यामा दुर्व्यसनी फरार दाहालले बताए। उनका अनुसार केन्द्रको ताला फोडेर उनीहरू फरार बनेको हुन्।

भागेकाहरू सबै जना परिवारको सम्पर्कमा पुगेको र मोटरसाइकल, स्कुटर लगायतका सवारीसाधन लिएर घरबाट पनि फरार भएको पाइएको दाहालको भनाइ छ प्रहरीसँग समन्वय गरेर फरार भएकाको खोजी जारी राखिएको उनले बताए।  दुर्व्यसनी फरार भएको दृश्य सिसी टिभीमा कैद भएको र उक्त फुटेज प्रहरीलाई उपलब्ध गराइसकिएको उनले बताए। 

सुधार केन्द्रभित्र दिइने यातना सहन नसकेर उनीहरू फरार भएको हुनसक्ने आशङ्का आफन्त एवं परिवारका सदस्यले गरेका छन्।

Metro Mart

प्रकाशित: Sep 04, 2022| 09:15 आइतबार, भदौ १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।