बिहीबार, साउन २१, २०८३

मोरङ ६ बाट डा. शेखर कोइराला सर्वसम्मत हुन सकेनन्

नेपाली कांग्रेस मोरङका ६ वटै निर्वाचन क्षेत्रका उम्मेदवारको नाम सिफारिस गरेको छ। प्रतिनिधिसभाको ६ वटा क्षेत्र मध्ये कांग्रेस नेता डा. शेखर कोइराला मोरङमा ‘हेवीवेट’ उम्मेदवार हुन्।
 |  आइतबार, भदौ १९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १९, २०७९

विराटनगर- नेपाली कांग्रेस मोरङका ६ वटै निर्वाचन क्षेत्रका उम्मेदवारको नाम सिफारिस गरेको छ। प्रतिनिधिसभाको ६ वटा क्षेत्र मध्ये कांग्रेस नेता डा. शेखर कोइराला मोरङमा ‘हेवीवेट’ उम्मेदवार हुन्। 

क्षेत्र नम्बर ६ बाट उनको नाम सर्वसम्मतको प्रयास गरिए पनि हुन सकेन। सो क्षेत्रबाट डा. कोइरालासहित ४ जनाको नाम सिफारिस भएको छ। राष्ट्रिय सभा संसदीय दलका नेता रमेशजंग रायमाझी, प्रतिनिधिसभा सदस्य डा. डिला संग्रौला र पूर्वसांसद शिवकुमार बस्नेतको नाम सिफारिस भएको क्षेत्रीय समितिका सचिव जितेन्द्र गोल्छाले बताए। क्षेत्र नम्बर ४ बाट सिफारिस भएको रायमाझी, संग्रौला र बस्नेत पार्टी संस्थापन पक्षका नेता हुन्। 

समानुपातिक सांसद संग्रौला आगामी ४ गते हुने निर्वाचनमा प्रत्यक्ष तर्फ प्रतिस्पर्धा गर्ने बताउँदै आएकी छिन्। पार्टीले समानुपातिक सांसदलाई पुनः सोही कोटाबाट उम्मेदवार नबनाउने भएपछि उनी प्रत्यक्ष तर्फ प्रतिस्पर्धा गर्ने बताउँदै आएकी छिन्। 

राष्ट्रिय सभामा अझै एक वर्ष कार्यकाल रहेका रायमाझी पनि राजीनामा दिएर क्षेत्र नम्बर ६ बाटै प्रतिस्पर्धा गर्ने बताउँदै आएका छन्। उनले पुराना नेताले नयाँ क्षेत्र खोज्नु पर्ने बताउँछन्। खोटाङ जिल्लाबाट दुई पटक सभापति भइसकेका बस्नेत पूर्व वनमन्त्री समेत हुन्। मोरङबाट राजनीति गर्दै आएका देउवा निकट बस्नेत आफूले मौका पाउनुपर्ने बताउँछन्।

डा. कोइराला मोरङ ६ मा २०७४ को स्थानीय तह निर्वाचनमा एमाले उम्मेदवार लालबाबु पण्डितसँग पराजित भएका थिए। २०७० को संविधानसभा निर्वाचनमा यही क्षेत्रबाट उनी निर्वाचित भएका थिए। ०६४ को पहिलो संविधान सभा निर्वाचनमा पराजित भएका उनी उपनिर्वाचनमा विजयी भएका थिए। 

नेपाली कांग्रेसले केन्द्रमा सिट बाँडफाँड नटुङ्गिए पनि प्रतिनिधिसभा तर्फ मोरङका ६ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार सिफारिस सकेका छ। क्षेत्र नम्बर १ बाट जिल्ला सभापति तथा संविधानसभा सदस्य डिगबहादुर लिम्बु, रामप्रसाद पोखरेल, आरतीदेवी बराल र जयधर्म आचार्य, २ बाट सोही क्षेत्रका सांसद डा. मिनेन्द्र रिजाल र सुजाता कोइराला, ३ बाट सुनिल शर्मा, ४ बाट अमृत अर्याल, महेश आचार्य, भीम पराजुली, गुरुराज घिमिरे र दिलीप गच्छदार, ५ बाट अमृत अर्याल र हसन अन्सारीको नाम सिफारिस भएको छ।

प्रकाशित: Sep 04, 2022| 09:05 आइतबार, भदौ १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...