बिहीबार, साउन २१, २०८३

निलम्बित प्रधानन्यायाधीश जबराको तेस्रो दिनको बयान आज

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग सिफारिस समितिको बैठक आज पनि बस्ने भएको छ।
 |  आइतबार, भदौ १९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १९, २०७९

काठमाडौं- निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग सिफारिस समितिको बैठक आज पनि बस्ने भएको छ।

यसअघि भदौ १५ र १६ गते समितिको बैठक बसेको थियो। बिहीबार बसेको समितिको बैठक २ घण्टा मात्र चलेको थियो। समितिका सदस्यको कार्य व्यस्तताको कारण दुई घण्टा बसेर सकिएको थियो।

महाअभियोग सिफारिस समितिका सभापति रामबहादुर विष्टले जबरालाई सोधिने प्रश्नहरू बाँकी रहेकाले भदौ १९ गते ११ पुनः बयान हुने जानकारी दिएका थिए।

बयानका लागि ४३ वटा प्रश्न तयार गरिएको भए पनि दुई दिनमा ६ वटा प्रश्नको मात्र जबराले जवाफ दिएका छन्। प्रश्नहरू लामो भएकाले समय लागको बताइएको छ।

प्रकाशित: Sep 04, 2022| 08:50 आइतबार, भदौ १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...