शनिबार, मंसिर ६, २०८२

सिरी ए : मिलान डर्बीमा इन्टर पराजित

सान सिरो मैदानमा सम्पन्न खेलमा एसी मिलानले इन्टरलाई ३–२ ले पराजित गरेको हो।
 |  आइतबार, भदौ १९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १९, २०७९

काठमाडौं- इटालियन सिरी ए अन्तर्गत शनिबार रातिको मिलान डर्बीमा इन्टर मिलान पराजित भएको छ। सान सिरो मैदानमा सम्पन्न खेलमा एसी मिलानले इन्टरलाई ३–२ ले पराजित गरेको हो।

National life

मार्सेलो ब्रोजोविचले खेलको २१औं मिनेटमा गोल गर्दै इन्टरलाई अग्रता दिलाएका थिए। तर खेलको २८औं मिनेटमा राफेल लियोले गोल गरेर एसी मिलानलाई बराबरीमा ल्याए।

यससँगै पहिलो हाफ १–१ को बराबरीमा रोकिएको थियो। तर, दोस्रो हाफमो ५४औं मिनेटमा एसी मिलानका ओलिभिए जिरुले गोल गर्दै अग्रता बनाए। त्यसपछि राफेलले नै ६०औं मिनेटमा गोल गर्दै अग्रतालाई ३–१ मा पुर्याएका थिए।

यता, ६७औं मिनेटमा इन्टरका इडिन जेकोले गोल गर्दै पुनरागमनको प्रयास गरे पनि बराबरी गर्न भने सफल भएनन्। यससँगै इन्टर पराजित भएको हो। गएरातिकै अर्को खेलमा युभेन्टसले फियोरेन्टिनासँग १–१ को बराबरी खेलेको छ भने नापोलीले लाजियोलाई हराएको हो।

गएरातिको जितसँगै नापोलीले ५५ खेलमा ११ अंक बनाएर शीर्षस्थान आफ्नो बनाएको छ। समान ११ अंक बनाए पनि एसी मिलान भने गोलअन्तरका आधारमा दोस्रो स्थानमा छ। पराजित इन्टर छैटौं स्थानमा छ भने युभेन्टस पाँचौ स्थानमा छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Sep 04, 2022| 08:40 आइतबार, भदौ १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।