शनिबार, मंसिर ६, २०८२

एम्बाप्पेको दोहोरो गोलमा पिएसजीको सहज जित

नान्तेसको घरेलु मैदानमा सम्पन्न खेलमा पाहुना टिम पिएसजीले ३–० को जित निकालेको हो।
 |  आइतबार, भदौ १९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १९, २०७९

काठमाडौं- लिग वानमा पिएसजीले सहज जित निकालेको छ। नान्तेसको घरेलु मैदानमा सम्पन्न खेलमा पाहुना टिम पिएसजीले ३–० को जित निकालेको हो।

National life

पिएसजीलाई जित दिलाउनका लागि केलियन एम्बाप्पेले दुई गोल गरे। एनले खेलको १८औं मिनेटमा गोल गर्दै पिएसजीलाई पहिलो हाफमा दुई गोलको अग्रता दिलाएका थिए।

त्यस्तै, उनले दोस्रो हाफको ५४औं मिनेटमा अर्को गोल थपे। खेलको ६८औं मिनेटमा नुनो मेन्डिसले गोल गर्दै पिएसजीलाई तीन गोलको अग्रता दिलाएका थिए। यहि अग्रता बचाउँदै पिएसजीले जित निकालेको हो।

यता नान्टेसका फबियोले पोर्चुगिज भिटिन्हाले दिएको पासलाई बचाउने क्रममा बुटको गोटीले भिटिन्हाको घुँडामा चोट पुर्याएपपछि उनी बाहिरिएका थिए। फाबियोलाई रेफ्रिले रातो कार्ड देखाएका थिए। यससँगै २४औं मिनेटमै १० खेलाडीमा समेटिएको नान्तेसले खेल अवधिभर ४० प्रतिशत समय बलमा नियन्त्रण बनाएको थियो।

यता गएरातिको जितसँगै ६ खेलबाट १६ अंक बनाएको पिएसजी शीर्षस्थानमा छ भने समान १६ अंक बनाएको मार्से गोलअन्तरमापछि पर्दै दोस्रो स्थानमा छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Sep 04, 2022| 08:30 आइतबार, भदौ १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।