शनिबार, मंसिर ६, २०८२

दोस्रो स्थानमा पुग्यो बार्सिलोना, शीर्षमा रियल मड्रिड

स्पेनिस शीर्ष डिभिजनको फुटबल ला लिगामा शनिबार राति बार्सिलोना र रियल मड्रिडले जित निकालेका छन्।
 |  आइतबार, भदौ १९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १९, २०७९

काठमाडौं- स्पेनिस शीर्ष डिभिजनको फुटबल ला लिगामा शनिबार राति बार्सिलोना र रियल मड्रिडले जित निकालेका छन्। सेभियाको घरेलु मैदानमा बार्सिलोनाले ३-० को जित निकालेको हो।

National life

बार्सिलोनाको जितका लागि राफिन्हा, रोबर्ट लेवान्डोस्की र इरिक गार्सियाले गोल गरेका थिए। खेल अवधिभरी ५५ प्रतिसत समय बलमा नियन्त्रण बनाएको बार्सिलोनाका लागि पहिलो हाफमा राफिन्हा र लेवान्डोस्कीले गोल गरेका थिए। त्यस्तै दोस्रो हाफमा गार्सियाले गोल गरेका थिए।

यता, रियल मड्रिडको मैदान बर्नाबेउमा भएको खेलमा घरेलु टिमले पाहुना टोली रियल बेटिसलाई २–१ ले हराएको छ। रोड्रिगो र भिनिसियर जुनियरको गोलमा रियलले जित निकालेको हो।

खेलको नवौं मिनेटमा भिनीले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए। तर, १७औं मिनेटमा नै बेटिसका सर्जियो क्यानेल्सले बराबरी गरेका थिए। यससँगै पहिलो हाफ बराबरीमा रोकिएको थियो। दोस्रो हाफको ६५औं मिनेटमा रोड्रिगोले गोल गरेसँगै बनाएको अग्रता कायम राख्दै रियललले जित निकालेको हो।

यो जितसँगै १२ अंक बनाएको रियल मड्रिड ला लिगाको शीर्षस्थानमा छ। यता, बार्सिलोनाले पनि १० अंकका साथ दोस्रो स्थानमापकड बनाएको छ। गएराति पराजयका बाजुद बेटिस भने तेस्रो स्थानमा छ। शनिबार रातिको खेलमा एट्लेटिको मड्रिडले भने रियल सोसिडाडसँग १–१ को बराबरी खेलेको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Sep 04, 2022| 08:10 आइतबार, भदौ १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।