आइतबार, जेठ ३१, २०८३

उम्मेदवार सिफारिसमा जुटे म्याग्दीका राजनीतिक दल

प्रतिनिधि र प्रदेशसभा सदस्यको प्रत्यक्ष तथा समानुपातिकतर्फ उम्मेदवारका आकाक्षीहरुको तल्लो कमिटिबाट नाम संकलन गरेर छनौटको प्रक्रिया अघि बढाएका हुन्।
 |  आइतबार, भदौ १९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १९, २०७९

म्याग्दी- म्याग्दीका राजनीतिक दलहरुले आगामी मंसिर ४ हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवार छनौट प्रक्रिया थालेका छन्। 

National life

प्रतिनिधि र प्रदेशसभा सदस्यको प्रत्यक्ष तथा समानुपातिकतर्फ उम्मेदवारका आकाक्षीहरुको तल्लो कमिटिबाट नाम संकलन गरेर छनौटको प्रक्रिया अघि बढाएका हुन्। नेपाली कांग्रेसले आकाक्षीहरुको नाम सिफारिस गरिसकेको छ। नेकपा (माओवादी केन्द्र)ले आकाक्षीको नाम संकलन गरेको छ। नेकपा (एकिकृत समाजवादी) र राप्रपाले उम्मेदवार सिफारिस गरेका छन्। 

नेकपा (एमाले) ले शनिबार प्रदेशसभा सदस्यका सम्भावित उम्मेदवारको विवरण संकलन गरेको छ। एमालेबाट प्रदेशसभा क्षेत्र (क)मा प्रत्यक्षतर्फको उम्मेदवारका लागि एमालेका जिल्ला अध्यक्ष देवेन्द्रबहादुर कटुवाल, उपाध्यक्ष बालकृष्ण सुवेदी, नेता सन्तोष रावल, किरण सापकोटा, लोक भण्डारी, नारायण जिसी, हेमुकमारी पु, शिवकुमार बरुवाल, प्रकाश पौडेल र बेलबहादुर चोखालले दाबी पेश गरेका छन्। 

समानुपातिकतर्फ बिष्णु गुरुङ, गणेशबहादुर बानिया, जीवन विक, जफर हुसेन, खड्ग गिरी, यामकुमारी गर्बुजा र सिवानी ल्वागनले दाबी गर्नुभएको छ। यसैगरी प्रदेशसभा क्षेत्र (ख)को प्रत्यक्षतर्फ एमालेका गण्डकी प्रदेश अध्यक्ष तथा संबिधानसभा सदस्य नवराज शर्मा, प्रदेश कमिटि सदस्य रामचन्द्र गौतम, नेताहरु यामबहादुर गर्बुजा, धनबहादुर गुरुङ, पदमलाल सापकोटा र यसोदा रोकाले दाबी गरेका छन्।

समानुपातिकतर्फ खरमाया बिटालु, सिर्जना केसी, सिता गुरुङले दाबी गरेका छन्। प्रदेशसभाको क्षेत्रले सिफारिस गरेका, प्रतिनिधीसभाको प्रत्यक्ष र समानुपातिकका आकाक्षीहरुको नाम सोमबार बस्ने जिल्ला कमिटि बैठकमा पेश र छलफल हुने एमाले म्याग्दीका अध्यक्ष देवेन्द्र केसीले बताए। 

Shivam cement

कांग्रेस म्याग्दीको शुक्रवार सम्पन्न जिल्ला कार्यसमिति, महाधिवेशन प्रतिनिधि र गण्डकी प्रदेश प्रतिनिधि समेतको बैठकबाट प्रदेश निर्वाचन क्षेत्रबाट आएको सिफारिस र जिल्ला कार्य समितिको बैठकमा उम्मेदवार बन्न आकांक्षा राखेका ३२ जनाको नाम प्रदेश समितिमा सिफारिस गरेको छ। 

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ जिल्ला सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’, संविधान सभा सदस्य रेशमबहादुर बानियाँ र पार्टी जिल्ला उप–सभापति कर्णबहादुर भण्डारी (केवी) सिफारिस भएका जिल्ला सचिब हिरा पुनले जानकारी दिए।

प्रतिनिधिसभाको समानुपातिकतर्फ माधवप्रसाद रेग्मी, नेत्रबहादुर महत, हिराबहादुर पुन, मनकुमारी विश्वकर्मा, विनाकुमारी खड्का, श्रीप्रसाद रोका मगर, भिमबहादुर रोका मगर, दिलबहादुर बरुवाल, गोपाल बानियाँ, प्रताप पुर्जा र त्रिलोकचन्द विश्कर्माको नाम सिफारिस भएको छ। प्रदेश ‘क’ मा प्रत्यक्षतर्फको उम्मेदवारमा हरिकुमार श्रेष्ठ, ओम छन्त्याल, मिनबहादुर कार्की र डमबहादुर गर्बुजा सिफारिस भएका छन्।

सामानुपातिकतर्फ बिमला गौचन, अनोद श्रेष्ठ, मुकुन्द छन्त्याल र कमल विश्वकर्माको नाम सिफारिस गरिएको छ। त्यस्तै प्रदेश सभा निर्वाचन क्षेत्र ‘ख’मा प्रत्यक्षतर्फ मनमोहन बुढाथोकी छन्त्याललाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरी सिफारिस भएका छन्। समानुपातिकतर्फ खिमबहादुर पुर्जा, देविकुमारी बुढा, यामबहादुर हर्मेल, तमबहादुर थापा, तेजिन्द्र थापा, कमरा पटेल, दिलबहादुर विक, रामदेवी पुन र सुरेन्द्र खत्रीको नाम सिफारिस भएको छ। 

नेकपा (एकिकृत समाजवादी) म्याग्दीले प्रतिनिधीसभाको प्रत्यक्षतर्फ केन्द्रिय सदस्य तथा म्याग्दी जिल्ला सहइञ्चार्ज गोविन्द सुवेदी, लेखा आयोगका केन्द्रिय सदस्य याम श्रेष्ठलाई सिफारिस गरेको छ। समानुपातिकतर्फ बद्रि पुन (दिलु तिलिजा), देउप्रसाद छन्त्याल र होमबहादुर बरुवालको नाम सिफारिस भएको छ। 

प्रदेशसभा क्षेत्र (क)को प्रत्यक्षतर्फ नेकपा एकिकृत समाजवादीका जिल्ला अध्यक्ष कृष्णकुमार विश्वकर्मा र उपाध्यक्ष हेमराज शर्मा, समानुपातिकतर्फ मुना बानिया, दुर्गा कार्की र डम्बर पुर्जा सिफारिस हुनुभएको छ। प्रदेशसभा क्षेत्र (ख)मा प्रत्यक्षतर्फ जयन्द्र केसी, अनुप गौचन, ममता जुग्जाली, समानुपातिकमा रुद्र किसान, बमबहादुर पाईजा र कल्पना सापकोटा सिफारिस भएका छन्। 

माओवादी केन्द्रबाट प्रतिनिधिसभा सदस्य पदमा संबिधानसभा सदस्य तथा जिल्ला इञ्चार्ज गोविन्द पौडेल, जिल्ला समन्वय कमिटिका संयोजक रेशम जुग्जाली, प्रदेश सदस्य तथा सांसद विनोद केसी र केन्द्रिय सल्लाहकार चन्द्रबहादुर घिमिरेले दाबी प्रस्तुत गरेका छन्। 

प्रदेश सभा ‘क’ मा हरि बहादुर भण्डारी, धनलाल जैसी, बागविर पाईजा, शेरबहादुर केसी र चन्द्रबहादुर घिमिरे, ‘ख’ मा रेशम जुग्जाली, अर्जुन थापा, झक बहादुर छन्त्याल, खुमनाथ सुवेदी र चन्द्रप्रसाद बुढाथोकीले प्रत्यक्षतर्फको उमेद्वारमा दाबी गरेका छन्। 

समानुपातिकतर्फ संघमा कृष्णबहादुर थापा, प्रदेशतर्फ टेकबहादुर बिक, यामन रोका, गौरी सेन्चुरी र सुकमायाँ रोकाले उम्मेदवार बन्न दाबी पेश गरेको सो पार्टीले जनाएको छ। राप्रपाले प्रतिनिधिसभामा जगतप्रसाद गौचन, प्रदेशसभा क्षेत्र (क) मा रामबहादुर शाही र (ख) मा होमबहादुर थापाको नाम उमेद्वारका लागि सिफारिस गरेको जनाएको छ।   -रासस

प्रकाशित: Sep 04, 2022| 07:35 आइतबार, भदौ १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...