बिहीबार, साउन २१, २०८३

जसपा अध्यक्ष यादवको नाम बाराका २ बाट सिफारिस

जनता समाजवादी पार्टी (जसपा)ले आस्रन निर्वाचनका लागि बारा निर्वाचन क्षेत्र नम्बर २ बाट अध्यक्ष उपेन्द्र यादवको नाम सिफारिस गरेको छ।
 |  आइतबार, भदौ १९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १९, २०७९

बारा- जनता समाजवादी पार्टी (जसपा)ले आस्रन निर्वाचनका लागि बारा निर्वाचन क्षेत्र नम्बर २ बाट अध्यक्ष उपेन्द्र यादवको नाम सिफारिस गरेको छ।

जिल्लाबाट प्रतिनिधिसभा र प्रदेश सभाका लागि प्रत्यक्ष तथा समानुपातिक तर्फका उम्मेदवारको नाम सिफारिस गरिएकोमा यादवको नाम बारा २ बाट सिफारिस गरिएको हो।

शनिबार बसेको जिल्ला कार्यकारिणी समितिको बैठकले बाराको ४ वटा प्रतिनिधिसभा सदस्य, ८ वटा प्रदेशसभा र समानुपातिक तर्फका दावेदार उम्मेदवारको नाम सिफारिस गरेको छ। 

प्रतिनिधिसभा सदस्यतर्फ क्षेत्र १ मा रामबाबु प्रसाद कुशहवा र मानिष यादव, क्षेत्र नम्बर २ मा पार्टी अध्यक्ष यादव, रामसहाय प्रसाद यादव, प्रयाग राय यादवको नाम सिफारिस गरिएको छ।

त्यसैगरी क्षेत्र नम्बर ३ को लागि रामबाबु कुमार यादव,प्रमोद गुप्ता,सचितानन्द यादव र शंकर प्रसाद यादव रहेका छन्। क्षेत्र नम्बर ४ मा विरेन्द्र प्रसाद कुशवाहा,भरतप्रसाद कुर्मी, आनन्द कुमार यादव रहेका छन्। 

बैठकले समानुपातिकतर्फ प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा २२ जनाको नाम सिफारिस गरेको छ। सिफारिस भएका नामावलीमा प्रतिनिधिसभा सदस्य पुरुषतर्फ दिपेश बहादुर थापा, सनि लामा, अंसारुल हक अंसारी,विशेश्वरप्रसाद यादव, प्रतिनिधिसभा सदस्यमा महिला तर्फ सावित्रीदेवी शर्मा, राजपति देवी, सायदा खातुन र ललितादेवी साह रहेका छन्। 

त्यसैगरी समानुपातिकमा प्रदेशसभा सदस्यतर्फ जितेन्द्र यादव, सुरेश चौधरी, लालबाबु सिंह, बिन्दा साह, सुजित पाण्डे, रजली यादव, उम्रावती देवी, सिला साह,अम्रितादेवी भगत,रविजल खातुन, लिला पाण्डे, वविता साह, रमावती चौरसिया, मधुमाया यादव रहेका छन्।

प्रतिनिधिसभा सदस्य तर्फ सिफारिस भएका १३ जनामध्ये रामसहायप्रसाद यादव बारा क्षेत्र नं २  र  रामबाबुकुमार यादव बारा क्षेत्र नं ३ का बहालवाला सांसद हुन्। 

त्यसैगरी जसपा केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको नाम बाराको २ वटा निर्वाचन क्षेत्रबाट सिफारिस भएको छ तर यादव सप्तरी निर्वाचन क्षेत्र नम्बर २ का बहालवाल संघीय सासंद हुन्।

प्रकाशित: Sep 04, 2022| 06:55 आइतबार, भदौ १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...