बिहीबार, साउन २१, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • ओखलढुंगामा माओवादीबाट कार्की सिफारिस, कांग्रेसका शर्मालाई राहत पुग्दा खतिवडालाई चुनौती

ओखलढुंगामा माओवादीबाट कार्की सिफारिस, कांग्रेसका शर्मालाई राहत पुग्दा खतिवडालाई चुनौती

कार्की ओखलढुंगाबाट सिफारिस भएपछि महामन्त्री शर्मालाई केही राहत हुने अनुमान गरिएको छ।
 |  शनिबार, भदौ १८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, भदौ १८, २०७९

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले ओखलढुंगाबाट राम कार्कीलाई प्रतिनिधि सभामा प्रत्यक्षतर्फको उम्मेदवार बनाउन सिफारिस गरेको छ। माओवादी जिल्ला समिति ओखलढुंगाले शनिबार कार्कीलाई मात्र प्रत्यक्षतर्फको चुनावका लागि उम्मेदवार बनाउन सिफारिस गरेको हो। 

कार्की यसअघि झापा-१ बाट निर्वाचित भएका थिए। वाम गठबन्धनबाट उनले नेपाली कांग्रेसका विश्वप्रकाश शर्मालाई पराजित गरेका थिए। शर्मा यतिबेला कांग्रेस महामन्त्री बनेका छन्। शर्माले झापाबाट नै चुनाव लड्ने बताइसकेकाले माओवादीले कार्कीलाई ओखलढुंगाबाट सिफारिस गरेको हो। माओवादी र कांग्रेस अहिले गठबन्धन बनाएर चुनावी मैदानमा जाने निर्णयमा छन्। 

कार्की ओखलढुंगाबाट सिफारिस भएपछि महामन्त्री शर्मालाई केही राहत हुने अनुमान गरिएको छ। ओखलढुंगामा कांग्रेसका अर्का नेता रामहरि खतिवडाले पनि दाबी गर्दै आएकाले त्यहाँ पनि को उम्मेदवार हुने भन्ने टुंगो छैन। कार्कीको सर्वसम्मत सिफारिसले शर्मालाई राहत पुग्दा खतिवडालाई भने चुनौती थपिएको छ।  

माओवादीले जिल्लाबाट समानुपातिकतर्फ चम्पादेवी कार्की (आशा)लाई सिफारिस गरेको छ। 

प्रकाशित: Sep 03, 2022| 21:02 शनिबार, भदौ १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...