सोमबार, मंसिर २९, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • मधेश प्रदेशको मुख्य न्यायाधिवक्ता पदबाट राजीनामा दिएलगत्तै झा जसपामा प्रवेश

मधेश प्रदेशको मुख्य न्यायाधिवक्ता पदबाट राजीनामा दिएलगत्तै झा जसपामा प्रवेश

मुख्यमन्त्री लालबाबु राउतलाई उनले शनिबार आफ्नो राजीनामा पत्र बुझाएका हुन्। निर्वाचनको तयारीमा जुट्नुपर्ने भएकाले पदबाट राजीनामा दिइएको र जनता समाजवादी पार्टीमा प्रवेश गर्न लागेको मुख्य न्यायाधिवक्ता झाले बताए।
 |  शनिबार, भदौ १८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, भदौ १८, २०७९

काठमाडौं- मधेश प्रदेशका मुख्यन्यायाधिवक्ता पदबाट राजीनामा दिएसँगै दीपेन्द्र झा जनता समाजवादी पार्टी (जसपा) प्रवेश गरेका छन्। 

National life

मुख्यमन्त्री लालबाबु राउतलाई उनले शनिबार आफ्नो राजीनामा पत्र बुझाएका हुन्। निर्वाचनको तयारीमा जुट्नुपर्ने भएकाले पदबाट राजीनामा दिइएको र जनता समाजवादी पार्टीमा प्रवेश गर्न लागेको मुख्य न्यायाधिवक्ता झाले बताए।

मंसिर ४ गते हुने निर्वाचनमा महोत्तरी क्षेत्र नं ३ बाट प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवारी दिने तयारीमा रहेका झा (जसपा) प्रवेश गरेका हुन्।

शनिबार नै जसपा अध्यक्ष उपेन्द्र यादवले झालाई पार्टी प्रवेश गराएका हुन्। मधेश प्रदेश सरकार गठन भएदेखि प्रदेश सरकारको मुख्य न्यायाधिवक्ताको पदमा उनी कार्यरत रहँदै आएका थिए। 

शनिबार महोत्तरीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा जसपा अध्यक्ष उपेन्द्र यादव, मधेशका मुख्यमन्त्री लालाबाबु राउत लगायतले झालाई स्वागत गरेका छन्।

Laxmi sunrise bank
kumari

प्रकाशित: Sep 03, 2022| 21:25 शनिबार, भदौ १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।