बुधबार, असार ३, २०८३

'४ को चमत्कार, बाइक पनि बचत पनि' अफर सार्वजनिक

नेपालका लागि मोटरहेड ब्राण्डको आधिकारिक वितरक एसएलआर टेक्नो एण्ड ट्रेड प्रालिले '४ को चमत्कार, बाइक पनि बचत पनि' अफर सार्वजनिक गरेको छ।
 |  शनिबार, भदौ १८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, भदौ १८, २०७९

काठमाडौं- नेपालका लागि मोटरहेड ब्राण्डको आधिकारिक वितरक एसएलआर टेक्नो एण्ड ट्रेड प्रालिले '४ को चमत्कार, बाइक पनि बचत पनि' अफर सार्वजनिक गरेको छ।

National life

यही भदौ १९ गतेबाट कात्तिक १५ सम्म लागु हुने गरी उक्त सार्वजनिक भएको कम्पनीले जनाएको छ। मोटरहेड ब्राण्डका बाइक खरिद गर्ने ग्राहकहरुलाई स्क्रयाच कार्ड मार्फत ७ हजार ९०० देखि १० हजासम्म जित्‍न सकिने अफरको साथै बम्परमा एक जना भाग्यशाली विजेताले एक लाख रुपैयाँ जित्‍न सक्ने अफर सार्वजनिक गरेको छ। 

यसका साथसाथै पुरानो मोडलको खरिद जुनै पनि माध्यमबाट खरिद गर्दा सिधै २५ हजार छुटको व्यवस्था गरेको छ। यसका साथै कम्पनीले हात खाली नहुने उद्देश्यले हरेक शोरुममा जाने ग्राहकहरुलाई टेष्ट राइड गराई उपहार दिने र आफ्नो अन्य शोरुममा फोटो खिची पठाउँदा पनि गरी हरेक हप्ता एक जनाले आर्कषक उपहार समेत पाउने व्यवस्था गरेको छ। 

कम्पनीको, उपत्यकामा मित्रपार्क, टेकु, वालाजु, धोविघाट र सल्लाघारी भक्तपुर गरी ५ ठाउँमा शोरुम रहेको छ भने उपत्यका बाहिर विर्तामोड, इटहरी, हेटौंडा, मन्थली, कावासोती ,बुटवल, धादिङ, पोखरा, बाग्लुङ र जुम्ला गरी १० स्थानमा डिलर रहेको छ।

प्रकाशित: Sep 03, 2022| 19:14 शनिबार, भदौ १८, २०७९
प्रतिक्रिया दिनुहोस्