बिहीबार, साउन २१, २०८३

माधव नेपाललाई एमालेमै फर्किन नेता नेम्बाङको आग्रह

नेकपा एसलाई जनताले अस्वीकार गरिसकेकाले मूलघर फर्किन अध्यक्ष नेपाललाई नेता नेम्बाङको आग्रह।
 |  शनिबार, भदौ १८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, भदौ १८, २०७९

काठमाडौं– नेकपा एमाले उपाध्यक्ष सुवास नेम्बाङले पूर्वसहकर्मी तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेता माधव नेपाललाई एमालेमै फर्कन आग्रह गरेका छन्।

एमाले सम्पर्क समन्वय कमिटीले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यकर्ता भेलामा नेम्बाङले नेकपा एसलाई जनताले अस्वीकार गरिसकेको दाबी गरे।

एमालेबाट २० प्रतिशत सिट लिएर पार्टी फुटाएका नेता नेपालले गठबन्धनको सहारा लिएर पनि स्थानीय चुनावमा ४ प्रतिशत मत  कटाउन नसकेको उनको भनाइ छ। उनले भने, जनताले, अदालतले उहाँहरूको अस्तित्वलाई अस्वीका¥यो। त्यसैले म विनम्रतापूर्वक र भन्छु, एमालेमै फर्किनुस्।’

नेता नेपालले जनमत नस्वीकारेको उनको आरोप छ। माओवादी केन्द्रले अघिल्लो निर्वाचनमा १७ प्रतिशत मत ल्याए पनि गत स्थानीय निर्वाचनमा १२ प्रतिशत मतमा खुम्चिएको उनले बताए।

प्रकाशित: Sep 03, 2022| 16:30 शनिबार, भदौ १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...