शनिबार, जेठ ३०, २०८३

आउँदो चुनावपछि कांग्रेसकै नेतृत्वमा सरकार : गगन थापा

सत्तारुढ गठबन्धन मिलेर चुनावमा जाने र कांग्रेसकै नेतृत्वमा आगामी निर्वाचनपछि पनि सरकार बन्नेमा कुनै अलमल नरहेको महामन्त्री थापाको दाबी।
 |  शनिबार, भदौ १८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, भदौ १८, २०७९

काठमाडौं– कांग्रेस महामन्त्री गगनकुमार थापाले आउँदो ४ मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनपछि आफ्नै पार्टी नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन्। सत्तारुढ गठबन्धन मिलेर चुनावमा जाने र कांग्रेसकै नेतृत्वमा आगामी निर्वाचनपछि पनि सरकार बन्नेमा कुनै अलमल नरहेको महामन्त्री थापाले बताएका हुन्।

National life

प्रशासन व्यवस्थापन र विकास केन्द्रले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा महामन्त्री थापाले केही दिनभित्र गठबन्धन दलहरुबीच सिट बाँडफाँटको विषयमा टुंगोमा पुग्ने दाबी गरे। गठबन्धन दलहरुबीच सिट बाँडफाँड टुंगिनेबित्तिकै उम्मेदवार तय गरेर निर्वाचनको अभियानमा जुटिने उनको भनाइ छ।

उनले भने, ‘हामी अहिले उम्मेदवार तयार पारेर केही दिनपछि निर्वाचनको तयारीमा जुट्दै छौं । गठबन्धन भएकाले को, कहाँबाट लड्ने? त्यसको तालमेल मिलाउँदै छौं। केही दिनपछि हाम्रो ध्यान उम्मेदवारी चयनमा हुन्छ। त्यसपछि चुनावी अभियान सुरु हुन्छ। यस पटक निर्वाचन पनि जित्छौं। हाम्रै नेतृत्वमा सरकार बन्छ।’

महामन्त्री थापाले कांग्रेसबाट निर्वाचित स्थानीय तहलाई सशक्त बनाउन पार्टीले केही दिनभित्रै ‘स्थानीय सरकार सबलीकरण तथा अनुगमन इकाइ’ गठन गर्ने तयारी भइरहेको सुनाए।

प्रकाशित: Sep 03, 2022| 15:46 शनिबार, भदौ १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...