शनिबार, जेठ ३०, २०८३

नोटमा हस्तक्षरकर्ता गभर्नर भन्छन् : पैसा खराब चीज हो!

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पैसा खराब चीज भएको बताएका छन्। शनिबार सेजनको वार्षिक साधरणसभामा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन्।
 |  शनिबार, भदौ १८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, भदौ १८, २०७९

काठमाडौं– राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पैसा खराब चीज भएको बताएका छन्। शनिबार सेजनको वार्षिक साधरणसभामा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन्।

National life

चालू पुँजी कर्जा कार्यविधिबारे व्यवसायीले राखेका असन्तुष्टि सम्बोधन गर्दै गभर्नर अधिकारीले यस्तो धारणा व्यक्त गरेका हुन्।

‘पैसा खराब चीज हो। हुन त म राष्ट्र बैंकको म्यानेजर हुँ। पैसामा हस्ताक्षर गर्ने व्यक्ति हु। तर म भन्छु, पैसा खराब चीज हो’, उनले भने। 

चालू पुँजी कर्जा कार्यविधिले व्यवसायीलाई खासै असर नगर्ने उनले बताए। ‘व्यवसायीले अनावश्यक रूपमा लोभ गरेका हुन्,’ उनले भने। साना व्यवसायीलाई यसले कुनै असर नगर्ने अधिकारीको भनाइ छ।

प्रकाशित: Sep 03, 2022| 14:30 शनिबार, भदौ १८, २०७९
प्रतिक्रिया दिनुहोस्