बिहीबार, साउन २१, २०८३

गगनलाई लाग्यो चुनाव हार्ने डर

चुनावमा जितहार दुवै हुने भए पनि हारिएला कि भन्ने डरले बढी सताउने गरेको गगनको खुलासा।
 |  शनिबार, भदौ १८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, भदौ १८, २०७९

काठमाडौं- कांग्रेस महामन्त्री गगन थापाले चुनावमा हारजित हुने भए पनि उम्मेदवार बनेपछि हारिएला कि भन्ने डर मनमा सधैं हुने गरेको बताएका छन्।

शनिबार काठमाडौंको बूढानीलकण्ठस्थित भ्याली पब्लिक माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा थापाले यस्तो बताएका हुन्।

उनले चुनावमा जितहार दुवै हुने भए पनि हारिएला कि भन्ने डरले बढी सताउने गरेको सुनाए।

विद्यार्थीलाई पनि परीक्षामा फेल भइएला कि भन्ने डर लाग्ने अवस्था आउन नदिन उनीहरूलाई फेल पनि भइन्छ भन्ने कुरा सिकाउन आवश्यक रहेको उनको भनाइ छ।

‘विद्यार्थीलाई परीक्षामा फेल भइन्छ कि भन्ने डर लागेझैं चुनावमा पनि त्यस्तै हुने हो। सफलता र असफलता दुवैलाई बोध गराउँदै विद्यार्थीको पठनपाठनलाई अघि बढाएझैं राजनीति पनि अघि बढ्ने हो’, थापाले भने।

चुनावमा उठेपछि जितहारलाई सहजै लिन सक्नुपर्ने धारणा उनले व्यक्त गरे। थापाले भने, ‘एउटा चुनाव जित्यो। त्यसपछि खुसी भयो। त्यसपछि अर्को चुनाव के होला भन्ने डर लाग्ने। उपसचिव हुने साथीलाई सहसचिवमा नाम ननिक्लेला भन्ने डर। जिन्दगी यसरी नै जाने हो। तर बालबालिकालाई जितहार हुन्छ। सफल र असफल होइन्छ भनेर सिकाउनुपर्दछ। सधैं भनेजस्तो फल नआउन पनि सक्छ। तर कर्म भने निरन्तर गर्दै जानुपर्छ।’

प्रकाशित: Sep 03, 2022| 13:44 शनिबार, भदौ १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...