काठमाडौं– नेकपा एमालेको काठमाडौं क्षेत्रीय कमिटी बैठकले काठमाडौंका २० वटै प्रदेशसभा निर्वाचन क्षेत्रका लागि प्रत्यक्षतर्फका उम्मेदवारको नाम सिफारिस गरेको छ।
जिल्ला कमिटी पदाधिकारी बैठकको निर्देशनअनुसार क्षेत्रीय कमिटी बैठक बसेर नाम सिफारिस गरिरहेको जिल्ला अध्यक्ष दीपक निरौलाले बताए।
प्रदेशसभा निर्वाचनको उम्मेदवार सिफारिस गर्न २० वटै क्षेत्रीय कमिटीका बैठक शुक्रबार बसेको उनको भनाइ छ। क्षेत्र नम्बर ३ का दुवै प्रदेशसभाबाहेक अन्यत्र सर्वसम्मत एकल नाम सिफारिस हुन नसकेपछि सहमतिमा कतिपयले फिर्ता लिएका छन्।
केही क्षेत्रमा छलफल चलिरहेको र सिफारिस भएका नामबाटै उम्मेदवार बन्ने निश्चित नभएकाले सबैको नाम माथिल्लो कमिटीमा पठाइने बताइएको छ।
हालसम्म सिफारिस भएकामा क्षेत्र नम्बर १ (क) मा रामप्रसाद खमगाई, श्यामलाल तन्डुकार, धु्रव केसी, नारायण पौडेल, बलिभद्र राजभण्डारी, प्रकाश गौतम, क्षेत्र १ (ख)मा गणेशप्रसाद दुलाल, नारायण भण्डारी, उज्जनकुमार श्रेष्ठको नाम सिफारिस भएको छ।
यस्तै, क्षेत्र २ (क) मा सानुकुमार श्रेष्ठ, ओमकृष्ण प्रसाईं, सरिता दाहाल, श्यामकृष्ण भण्डारी, राजेन्द्र न्यौपाने, कृष्णदेव लामिछानेलाई सिफारिस गरिएको छ।
क्षेत्र २ (ख)मा महेन्द्रलाल श्रेष्ठ, बिन्दु सिंखडा, बुद्धभक्त चित्रकार, सुवर्ण श्रेष्ठ, युवि घिमिरे, कला घिमिरे सिफारिसमा परेका छन्।
क्षेत्र ३ (क) बाट चन्द्रदेव लामा (एकल), क्षेत्र ३ (ख) बाट रामेश्वर फुयाल (एकल), क्षेत्र ४ (ख)मा उद्धव खरेल, लक्ष्मी संग्रौला, विदुर खड्का, जयराम थापा, श्रीकृष्ण श्रेष्ठ, राजन पोखरेल, गोविन्द कटुवाल, जगत निरौला, दुर्गा थापाको नाम सिफारिस भएको छ।
क्षेत्र ५ (क) मा नारायण सिलवाल, मोहन विष्ट, मीरा जोशी, क्षेत्र ६ (क) बाट निरेशलाल सिंह महर्जन, मधुसूदन तन्डुकार, केदार बस्नेत, तिलक सुनुवार, मधुसूदन पाण्डे, नरेशमान महर्जन र शान्तारत्न महर्जन सिफारिस भएका छन्।
यस्तै, क्षेत्र ७ (क)बाट गोकुल वस्ती, गोपाल माली, गीता थिङ, विश्वराम सापकोटा, क्षेत्र ८ (क)बाट शिवसुन्दरराज वैद्य, क्षेत्र ८ (ख)बाट शंकर केसी, उदय पसखल, लक्ष्मण शाही, निमा ध्याम्चो लामा, सानु फोबर, सिर्जना जोशी, उद्धव खड्गी, सुशीला नेपाल सिफारिस भएका छन्।
क्षेत्र ९ (क) बाट राजेन्द्रमान श्रेष्ठ, शोभा सापकोटा, ओम थपलिया, हरिकृष्ण डंगोल, रति श्रेष्ठ, भीमभक्त श्रेष्ठ, क्षेत्र ९ (ख)बाट केशव पोखरेल, गोपीचन्द्र कार्की, हरिशरण थापा, राजेन्द्र खनाल, दीपक पनेरु, गीता पोखरेल, सानुमैया खड्का, शान्ता बस्याललाई सिफारिस गरिएको छ।