शनिबार, जेठ ३०, २०८३

ओली भन्छन्- एमाले कार्यकर्ता आइलागे डस्ने हुनुपर्‍यो

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले कार्यकर्तालाई गड्यौला जस्तो नहुन निर्देशन दिएका छन्।
 |  शनिबार, भदौ १८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, भदौ १८, २०७९

विराटनगर- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले कार्यकर्तालाई गड्यौला जस्तो नहुन निर्देशन  दिएका छन्। गड्यौलो कसैले छोयो भने पछाडि सरे जस्तो एमाले कार्यकर्ता पछाडि सर्न नहुने उनको भनाइ छ। 

National life

'आइपरे जाइलाग्न सक्ने हुनुपर्छ। उस्तै परे डस्न पछि पर्नु भएन,' ओलीले भने। इमानदार बनेकै कारण सुनसरी क्षेत्र नम्बर ३ मा एमाले उम्मेदवारलाई पराजित बनाइएको उनको दाबी छ। सुनसरीको दुहबीमा शनिबार बिहान क्षेत्रीय कमिटीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले एमाले उम्मेदवार भगवती चौधरीलाई दुई पटक प्रहरी प्रशासनको आडमा हराइएको आरोप लगाए।

मंसिर ४ गतेको निर्वाचनमा पुनः पहिलेको जस्तो गर्न सक्ने भन्दै बेलैमा चनाखो हुन आग्रह गरे। उनले भने, 'प्रहरी प्रशासनले पनि पार्टी विशेष भन्दा पनि राष्ट्र सेवकका हैसियतले निष्पक्ष भूमिका खेल्न पर्‍यो।'

ओलीले गठबन्धन सरकारले देशलाई कंगाल बनाएको आरोप लगाए। उनले भने, 'देश एक वर्षमै कंगाल बन्यो, गठबन्धन सरकारले विकासका सबै आयोजना कटौती गरे।' आगामी मंसिर ४ पछि एमालेको नेतृत्वमा सरकार बन्ने उनले दाबी गरे। 

मंसिर ४ पछि नेपाली भूमि लिपुलेक, लिम्पियाधुरा फिर्ता लिने प्रक्रिया सुरु गरिने अध्यक्ष ओलीले बताए।

Shivam cement

प्रकाशित: Sep 03, 2022| 13:05 शनिबार, भदौ १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...