बिहीबार, साउन २१, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • भ्रष्टाचारमुक्त समाज भए मात्र लोकतन्त्र दिगो हुन्छ : उपसभामुख भुसाल

भ्रष्टाचारमुक्त समाज भए मात्र लोकतन्त्र दिगो हुन्छ : उपसभामुख भुसाल

पार्टीले टिकट दिए अर्घाखाँचीबाट संघीय संसद्को प्रत्यक्ष निर्वाचनमा उम्मेदवार बन्ने उपसभामुख भुसालको चाहना।
 |  शनिबार, भदौ १८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, भदौ १८, २०७९

अर्घाखाँची– प्रतिनिधिसभाका उपसभामुख पुष्पा भुसालले भ्रष्टाचारमुक्त समाज निर्माण गर्न सके मात्रै सुशासनको परिकल्पना गर्न सकिने बताएकी छन्। नेपाल पत्रकार महांसघ अर्घाखाँची शाखाले शनिबार आयोजना गरेको सम्मान तथा पत्रकार सम्मेलनमा उपसभामुख भुसालले यस्तो बताएकी हुन्। उनले लोककल्याणकारी राज्य भएको अनुभूति जनतालाई महसुस गराउन सके प्रजातन्त्र दिगो हुने धारणा व्यक्त गरिन्।

उनले भनिन्, ‘तीन तहका सरकार मात्र बलिया भएर हुँदैन। नागरिक पनि आर्थिक, सामाजिक सबै हिसाबले बलिया हुनुपर्छ।’ जनताबाट उठेको कर ठीक ठाउँमा प्रयोग गर्नुपर्ने र त्यसका लागि विकासलाई जनतासँग प्रत्यक्ष जोड्न सक्नुपर्ने आवश्यकता उनले औंल्याइन्।

जिल्लाको मुख्य सडक गोरुसिङे–सन्धिखर्क सडकलाई व्यवस्थित बनाउन प्राथमिकतामा राखिएको र ढोरपाटन सडकलाई निश्चित समयमा निर्माण सक्ने गरी काम भइरहेको जानकारी भुसालले दिइन्। कांग्रेस केन्द्रीय सदस्यसमेत रहेकी भुसालले पार्टीले टिकट दिए अर्घाखाँचीबाट संघीय संसद्को प्रत्यक्ष निर्वाचनमा उम्मेदवार बन्ने बताइन्।

प्रकाशित: Sep 03, 2022| 12:50 शनिबार, भदौ १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...