शुक्रबार, असोज ९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • भुक्तानी सन्तुलन सुधार नहुँदासम्म तरलता सहज हुँदैन : गभर्नर अधिकारी

भुक्तानी सन्तुलन सुधार नहुँदासम्म तरलता सहज हुँदैन : गभर्नर अधिकारी

सरकारले व्यापारमा नीतिगत हस्तक्षेप गरेपछि अर्थतन्त्रमा सुधारका संकेत देखिन थालेको गभर्नर अधिकारीको तर्क।
 |  शनिबार, भदौ १८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, भदौ १८, २०७९

काठमाडौं– नेपालको भुक्तानी सन्तुलनमा सुधार नआउँदासम्म तरलता अभाव नहट्ने राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताएका छन्। विदेशी मुद्रा सञ्चिति घटेकाले तरलतामा दबाब परेको उनले बताए।

नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले शनिबार आयोजना गरेको वार्षिक साधारणसभामा गभर्नर अधिकारीले यस्तो बताएका बताएका हुन्।

गत वर्ष १९ खर्ब २० अर्ब आयात हुँदा चालू खाता घाटा उच्च भएको र विदेशी मुद्राको सञ्चिति घट्दा तरलतामा दबाब परेको उनको भनाइ छ। तरलता सहज बनाउनकै लागि सरकारले व्यापारमा नीतिगत हस्तक्षेप गरेको र त्यसले सुधारको संकेत देखाएको उनले सुनाए। भुक्तानी सन्तुलनमा सुधार नहुँदासम्म तरलताको अवस्था यस्तै रहने उनको धारणा छ।

प्रकाशित: Sep 03, 2022| 12:27 शनिबार, भदौ १८, २०७९
प्रतिक्रिया दिनुहोस्