शनिबार, जेठ ३०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • भरतपुरमा विद्युत् तार भूमिगत हुँदै, प्रचण्डले गरे शिलान्यास

भरतपुरमा विद्युत् तार भूमिगत हुँदै, प्रचण्डले गरे शिलान्यास

भरतपुर बाइपास सडकको पूरै र ६ लेनको पुलचोकबाट केन्द्रीय बस ट्रमिनलसम्म सबै तार भूमिगत गरिनेछ।
 |  शनिबार, भदौ १८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, भदौ १८, २०७९

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले भरतपुरको सडकमा वितरण प्रणाली भूमिगत तथा सुदृढीकरण सुरु गरेको छ। शनिबारबाट भरतपुरको पुलचोकबाट गोन्द्राङसम्मको ६ लेन सडक र बाइपास सडकमा भूमिगत विद्युतीकरण सुरु गरिएको हो।

National life

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आयोजनाको शिलान्यास गरे। प्रचण्ड र घिसिङले पूर्व–पश्चिम राजमार्गको छेउमा गैंची चलाएर आयोजना शुभारम्भ गरेका थिए।

घिसिङले परियोजनाको काम दुई वर्षमा सम्पन्न हुने गरी काम गरिने बताए। प्राधिकरणले अहिले १६ अर्ब नाफा गरेको उनले बताए। अहिले दैनिक १० करोडदेखि १२ करोडसम्म बिजुली बेचिरहेको उनले सुनाए।

भरतपुरको पुलचोकबाट गोन्द्राङसम्मको ६ लेन सडक र बाइपास सडकमा भूमिगत विद्युतीकरण गर्न लागिएको हो। निर्माण जिम्मा भारतको टाटा प्रोजेक्ट लिमिटेडलाई दिइएको छ। उक्त कम्पनीले भरतपुर र पोखरामा भूमिगत विद्युतीकरणको काम गर्नेछ । ठेक्का रकम २ अर्ब ५० करोड हाराहारी रहेको आयोजनाले जनाएको छ।

भरतपुर बाइपास सडकको पूरै र ६ लेनको पुलचोकबाट केन्द्रीय बस ट्रमिनलसम्म सबै तार भूमिगत गरिनेछ। बसपार्कबाट गोन्द्राङसम्मको ३३ केभिएलाई मात्र पहिलो चरणमा भूमिगत गरिनेछ। सन् २०२४ जनवरीसम्म काम सम्पन्न गर्नुपर्ने। भरतपुरका दुई सडक गरी ११ किलोमिटर क्षेत्रमा विद्युत भूमिगत गर्न लागिएको हो। एसियाली विकास बैंकको सहयोगमा प्राधिकरणले आयोजना अघि बढाएको हो।

Shivam cement

प्रकाशित: Sep 03, 2022| 12:11 शनिबार, भदौ १८, २०७९
प्रतिक्रिया दिनुहोस्