शनिबार, जेठ ३०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • नेपालको अर्थतन्त्र सुधारोन्मुख रहेको अर्थमन्त्री शर्माको भनाई

नेपालको अर्थतन्त्र सुधारोन्मुख रहेको अर्थमन्त्री शर्माको भनाई

अर्थमन्त्री जनार्दन शर्माले नेपालको अर्थतन्त्र सुधारोन्मुख रहेको बताएका छन्।
 |  शनिबार, भदौ १८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, भदौ १८, २०७९

काठमाडौं- अर्थमन्त्री जनार्दन शर्माले नेपालको अर्थतन्त्र सुधारोन्मुख रहेको बताएका छन्। नेपाल आर्थिक पत्रकार समाज सेजनले आयोजना गरेको वार्षिक साधारणसभामा बोल्दै  उनले अर्थतन्त्रका सूचाङ्क सुधार हुँदै गएको बताएका हुन्। 

National life

'अर्थतन्त्रका सूचकहरू सुधार हुँदै गएका छन्। चाडपर्वको समयमा रेमिट्यान्स बढी आउने र खर्च पनि बढी हुने देखिन्छ। बढ्दो रेमिट्यान्सले विदेशी मुद्राको सञ्चित बढाउन सहयोग गर्छ भन्ने लागेको छ', उनले भने।

युक्रेन रुस युद्ध र कोभिड १९ का कारण नेपालको विदेशी मुद्राको सञ्चितिमा दबाब परेको भन्दै उनले पछिल्लो समय सुधारको सङ्केत देखिएको बताए। 

सरकारले बजेट कार्यान्वयनमा ध्यान दिइरहेको र कार्याविधि निर्माण भइरहेको उनले बताए। सिमेन्ट र छ्ड निर्यातका लागि सरकारले बजेट मार्फत घोषणा गरेको अनुदान सम्बन्धी कार्यविधि निर्माण भइरहेको उनले बताए। निजी क्षेत्रलाई ढुक्कसँग लगानी गर्न समेत शर्माले आग्रह गरे।

प्रकाशित: Sep 03, 2022| 10:35 शनिबार, भदौ १८, २०७९
प्रतिक्रिया दिनुहोस्