आइतबार, वैशाख ७, २०८२

बाबुरामले नारायणकाजीलाई छाड्लान् गोरखा-२?

'नारायणकाजीले गोरखा–२ बाट उठ्ने आकांक्षा राख्नुभएको हो, तर बाबुरामलाई दिने भन्नेमा प्रचण्ड सहमत भइसक्नुभएको छ,’ नेसपा प्रचारप्रसार विभागका प्रमुख विश्वदीप पाण्डेले बताए।
 |  शनिबार, भदौ १८, २०७९
nespernesper

काशीराम बजगाई

काशीराम बजगाई

शनिबार, भदौ १८, २०७९

vianetvianet
triton college
National life insurance

काठमाडौं- ‘म नै चुनावमा उठ्नुपर्छ भन्ने छैन। उपयुक्त प्रतिनिधि आए मेरो कारण माओवादीलाई समस्या हुँदैन। सहकार्यका लागि म बाधक बन्दिनँ।’

नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा. बाबुराम भट्टराईले गत साउन अन्तिम साता नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसमक्ष ‘इमोसनले कार्ड’ फ्याँके। २०६४ यता निरन्तर जित्दै आएको गोरखा त्याग गर्न तयार भएको भन्दै उनले एकाएक आफू प्रतिनिधिसभाको चुनावमा नउठ्ने संकेत गरे। ६ वर्षपछि बाबुराम–प्रचण्ड एकै ठाउँमा उभिएर एकै चुनाव चिह्न र घोषणापत्रमा संघ र प्रदेशको चुनावमा लड्ने सहमति गर्दैगर्दा भट्टराई आफू भने चुनाव लड्न इच्छुक देखिएनन्– कारण गोरखा २ मा माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठको दाबी। 

अघिल्लो निर्वाचनमा गोरखा–२ नारायणकाजीलाई छाड्न अस्वीकार गरेका उनी वाम गठबन्धन छाडेर कांग्रेससँग मिल्न गएका थिए। उनी एमालेको सूर्य चिह्न लिएर समेत चुनाव लड्न तयार थिए। तर गोरखाका दुवै क्षेत्र माओवादीको भागमा परेपछि उनले कांग्रेसको शरण लिए। तर यसपटक बाबुराम छोरी मानुषी यमीलाई काठमाडौं-७ बाट अघि सारेर लचिलो बन्ने संकेत गरेका छन्। 

प्रकाशित: Sep 03, 2022| 19:22 शनिबार, भदौ १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...