बिहीबार, साउन २१, २०८३

कांग्रेसले फिर्ता गर्‍यो पूर्वसांसदमाथिको कारबाही

नेपाली कांग्रेस तनहुँले संविधानसभा सदस्य झुलबहादुर आलेसहितका नेता तथा कार्यकर्ताको कारबाही फुकुवा गर्ने निर्णय गरेको छ।
 |  शुक्रबार, भदौ १७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १७, २०७९

तनहुँ- नेपाली कांग्रेस तनहुँले संविधानसभा सदस्य झुलबहादुर आलेसहितका नेता तथा कार्यकर्ताको कारबाही फुकुवा गर्ने निर्णय गरेको छ। गत स्थानीय तह निर्वाचनमा कांग्रेसका बागी उम्मेदवारलाई सहयोग गरेको अभियोगमा निलम्बनमा परेका संविधानसभा सदस्य आलेसहितका नेता कार्यकर्ताको कारबाही फुकुवा गर्ने निर्णय गरिएको हो। 

कांग्रेस तनहुँका सभापति जितप्रकाश आलेको सभापतित्वमा बसेको कार्यसम्पादन समितिको बैठकले निलम्बित एवं राजीनामा दिएका ऋषिङ गाउँपालिकाअन्तर्गतका नेता कार्यकर्ताको सबै कारबाही फुकुवा गर्ने निर्णय भएको प्रवक्ता हरि वाग्लेले जानकारी दिए। 

सो गाउँपालिकाअन्तर्गत गाउँपालिकाका अध्यक्ष, वडाध्यक्षलगायतका उम्मेदवारीका विषयमा असन्तुष्टि जनाउँदै आलेसहित केही नेता तथा कार्यकर्ताले राजीनामा दिएका थिए। ऋषिङको अध्यक्षमा कांग्रेसकै श्रीराम आलेले बागी उम्मेदवारी दिनुभएको थियो भने दुई वडामा कांग्रेसकै बागी उम्मेदवारले विजय हासिल गरेका थिए। 

नेपाली कांग्रेसले यही भदौ १२ गते विज्ञप्ति जारी गरी राजीनामा दिएकालाई मूलधारमा फर्कन आह्वान गरेको थियो। सोहीबमोजिम ऋषिङका नेता तथा कार्यकर्ताले भदौ १४ गते पार्टी कार्यालयमा सम्पर्क गरी आफूहरु पार्टीमा फर्किने प्रतिबद्धता जनाएका थिए। 

मङ्सिर ४ गते हुने निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई विजय गराउन भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेकाले उम्मेदवार, प्रस्तावक र समर्थकको हकमा कारबाही फुकुवा गर्न जिल्ला कार्यसमितिबाट केन्द्रमा सिफारिस गर्ने र निलम्बित एवं राजीनामा दिएकाको हकमा कारबाही फुकुवाको निर्णय भएको प्रवक्ता वाग्लेले बताए।

प्रकाशित: Sep 02, 2022| 23:30 शुक्रबार, भदौ १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...