शुक्रबार, मंसिर १२, २०८२

नरैनापुरमा राहतको प्याकेज माग

खडेरीका कारण धान रोप्न र बर्सातमा लगाइने खेतीसमेत लगाउन नपाएकाले किसानले सुक्खा तथा खडेरी बेहोर्न नपर्ने गरी आफूले प्रदेश र सङ्घमा निरन्तर पहल गरेको लुम्बिनी प्रदेशसभा सदस्य कृष्ण केसीले बताए।
 |  शुक्रबार, भदौ १७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १७, २०७९

नेपालगञ्ज- बाँकेको नरैनापुर गाउँपालिकामा सबै वडाका किसानलाई सिँचाइको सुविधा हुने गरी डिप बोरिङ जडान र राहतको प्याकेज उपलब्ध गराउन माग गरिएको छ। 

National life

गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले लुम्बिनी प्रदेशसभा सदस्य कृष्णा केसीको विशेष उपस्थितिमा बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीलाई ज्ञापनपत्र बुझाउँदै सो माग गरेका हुन्। गत वर्षको बेमौसमी वर्षाका कारण भित्र्याउने अवस्थाको धानबालीमा ठूलो नोक्सानी बेहोर्नुपरेका नरैनापुरका किसानले लामो समयको खडेरीका कारण धानसमेत रोप्न पाएका छैनन्। 

खडेरीका कारण धान रोप्न र बर्सातमा लगाइने खेतीसमेत लगाउन नपाएकाले किसानले सुक्खा तथा खडेरी बेहोर्न नपर्ने गरी आफूले प्रदेश र सङ्घमा निरन्तर पहल गरेको लुम्बिनी प्रदेशसभा सदस्य कृष्ण केसीले बताए। उनले नरैनापुर अत्यन्तै पिछडिएको क्षेत्र भएको र गत वर्षको बेमौसमी बर्सातले धान सखाप परेको भन्दै गर्दै यो वर्ष पनि लामो खडेरीका कारण धान रोप्न नपाएका किसानलाई राहत र सिँचाइका लागि डिप बोरिङको व्यवस्था गर्न पहल भएको उल्लेख गरे।

जिल्लाको अन्न भण्डारका रुपमा आफ्नो परिचय बनाएको गाउँपालिकालाई सुक्खा क्षेत्र घोषणा गरिएको छ। खडेरीका कारण वर्षे खेती लगाउन नसकिएको र लगाएको पनि खडेरीका कारण सुकेर गएकाले सङ्घ र प्रदेशले नरैनापुरका लागि विशेष प्याकेज घोषणा गर्न आवश्यक रहेको गाउँपालिका अध्यक्ष शाहले बताए। 


प्रकाशित: Sep 02, 2022| 23:10 शुक्रबार, भदौ १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।