सोमबार, मंसिर २९, २०८२

भूमीहीनलाई जग्गा दिन पर्सामा आयोगले थाल्यो काम

पर्सामा भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण गर्न विभिन्न तीन चरणमा १४ वटै पालिका र राष्ट्रिय भूमि आयोगसँग यसअघि सम्झौता गरिसकिएको थियो।
 |  शुक्रबार, भदौ १७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १७, २०७९

वीरगञ्ज- राष्ट्रिय भूमि आयोगले पर्साका १४ वटै पालिकामा आफ्नो काम अघि बढाएको छ। यसअघिका आयोगले छाडेको अधुरो काम अघि बढाउन सबै पालिकामा लगत सङकलनको काम जारी रहेको भूमि आयोग पर्साका अध्यक्ष तवरेज अहमदले जानकारी दिए। 

National life

पर्सामा भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण गर्न विभिन्न तीन चरणमा १४ वटै पालिका र राष्ट्रिय भूमि आयोगसँग यसअघि सम्झौता गरिसकिएको थियो। 

सोहीअनुसार पर्साको ठोरी गाउँपालिकामा लगत सङ्कलनको काम पुरा भइसकेको र बाँकी १३ वटै पालिकामा लगत सङ्कलनको काम जारी रहेको भूमि आयोगका सदस्य सचिव एवं प्रमुख नापी अधिकृत नारायणकुमार श्रेष्ठले जानकारी दिए। त्यसअनुसार अन्य सबै पालिकामा भूमिहिन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीले लगत फाराम भर्ने गरेका छन्। 

सरकारले दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीमध्ये दलित समुदायलाई निःशुल्क र भूमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई मालपोत निर्धारण मुल्यको आठदेखि दुई सय प्रतिशत राजश्ववापतको रकम लिएर जग्गा धनी पुर्जा उपलब्ध गराउने योजना अघि बढाइएको श्रेष्ठले जानकारी दिए।

प्रकाशित: Sep 02, 2022| 22:30 शुक्रबार, भदौ १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।