शनिबार, वैशाख १५, २०८१

'साइबर सेना' को सहारामा एमालेको 'डिफेन्स अट्याक'

काठमाडौं महानगरका मेयर बालेनले चालेको अनधिकृत संरचना भत्काउने अभियानलाई वाहियात भनेका साइबर सेनाका सेनापति महेश बस्नेतले कार्यकर्तालाई एमालेको विरोधमा आवाज उठाउनेमाथि छानीछानी हातखुट्टा भाँचिदिन निर्देशन मात्र दिएका छैनन्, अपराध कर्म गर्नेलाई पार्टीको संरक्षण रहिरहने हाकाहाकी चुनौतीसमेत दिएका छन्।
 |  शनिबार, भदौ १८, २०७९

कौशल काफ्ले

कौशल काफ्ले

शनिबार, भदौ १८, २०७९

गत सोमबार भक्तपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै एमाले नेता महेश बस्नेतले आफ्ना विरोधीलाई सम्झाउन कार्यकर्तालाई निर्देशन दिए। उनको निर्देशनमा एउटा राजनीतिज्ञको भन्दा पनि ‘गुन्डा’ शैलीको भाषा सुनिन्थ्यो। नामै तोकेर उनले भनेका थिए, ‘देशी–विदेशी तत्त्व रवीन्द्र मिश्र, रवि लामिछाने, बालेन साह, रमेश खरेल आदिका नाममा सल्बलाउन थालेका छन्। उनीहरूलाई सकभर मुखले सम्झाउनुस्, सम्झेनन् भने हातगोडा जेले भए पनि सम्झाउनुस्। परेको पार्टीले बेहोर्छ।’

triton college

काठमाडौं महानगरका मेयर बालेन्द्र साह ‘बालेन’ले अनधिकृत रूपमा बनेका संरचना भत्काउन चालेको कदमप्रति आक्रोश व्यक्त गर्दै बस्नेतले गैरजिम्मेवार र धम्कीपूर्ण अभिव्यक्ति दिएका थिए।

‘नेताहरूलाई कुकुरको माला लगाइदिएका छन्। कुकुरको टाउको जोडिदिएका छन्। त्योभन्दा तीन गुणा बढी गाली गर्नुस्, तपाईंहरूले। त्यो गरेबापत केही भयो भने हामी तपाईंहरूको संरक्षण गर्छौं,’ कार्यकर्तालाई उनको निर्देशन थियो।

उनले कार्यकर्ताले गर्ने यस्ता गतिविधिलाई पार्टीले ‘अनुमोदन’ गरिदिने भन्दै ढाडस दिए। विरोधीलाई आक्रमण गरेबापत आउन सक्ने सम्भावित जोखिमको जिम्मा पार्टीले लिने उनले बताए। तर बस्नेतले यसो भनेलगत्तै भोलिपल्ट उनकै नाममा एउटा भिडियो सामाजिक सन्जालमा भाइरल भयो। सामाजिक सन्जालमा महेश बस्नेतलाई स्थानीयले कुटपिट गर्दै लखेटेको भनेर भिडियो सार्वजनिक भएको थियो। यद्यपि, त्यो भिडियो भने बस्नेतको थिएन।

काठमाडौं महानगरका मेयर बालेनले चालेको अनधिकृत संरचना भत्काउने अभियानलाई वाहियात भनेका साइबर सेनाका सेनापति महेश बस्नेतले कार्यकर्तालाई एमालेको विरोधमा आवाज उठाउनेमाथि छानीछानी हातखुट्टा भाँचिदिन निर्देशन मात्र दिएका छैनन्, अपराध कर्म गर्नेलाई पार्टीको संरक्षण रहिरहने हाकाहाकी चुनौतीसमेत दिएका छन्।

corrent noodles
Metro Mart

सामाजिक सन्जालमा आफ्नो भन्दै गलत भिडियो सार्वजनिक भएपछि बस्नेत थप आक्रोशित बने। एमाले जिल्ला कमिटी भक्तपुरले विज्ञप्ति नै निकालेर आफ्ना सांसद बस्नेतलाई गाली गर्नेहरूलाई कारबाही गर्न माग ग¥यो। एमाले भक्तपुरका जिल्ला अध्यक्ष वचन देउजाले बिहीबार निकालेको उक्त विज्ञप्तिमा बस्नेतको चरित्र हत्या गर्ने गरी सामाजिक सन्जालमा भ्रम फैलाइएको उल्लेख गरेका छन्।

‘पार्टी नेतृत्वको दुष्प्रचार गर्नु अराजक जत्थाको रणनीति भएकोले आमपार्टी कार्यकर्ता र जनसमुदायले सचेततापूर्वक आ–आफ्नो तह र तप्काबाट त्यस्ता कार्यको सशक्त प्रतिरोध गर्न अनुरोध गर्दछु,’ विज्ञप्तिमा भनिएको छ।

अरूको राजनीतिक गतिविधिमा अराजनीतिक टिप्पणी गर्ने बस्नेत आफ्नो हकमा भने रक्षात्मक देखिए। जबकि यिनै बस्नेत साइबर हमला गराउनेमा उद्यत मानिन्छन्। ‘साइबर सेना’को नाममा केही समयअघि बस्नेतले विरोधीमाथि आक्रमण गर्ने रणनीति नै बनाएका थिए।

नेकपा एमालेका सांसद महेश बस्नेत।
बस्नेतको नाममा गलत भिडियो आएलगत्तै अन्य एमाले नेताहरू पनि तुच्छ शब्द प्रयोग गर्दै प्रतिकारमा उत्रिइसकेका छन्। नेता नवराज सिलवालले पनि विपक्षी दलका कार्यकर्तालाई ‘छौंडा’ भन्दै तल्लो स्तरको अभिव्यक्ति दिए।

सिलवालले विपक्षीविरुद्ध तुच्छ शब्द प्रयोग गर्दै फेसबुकमा लेखेका थिए, ‘४ मंसिरको  चुनाव आउँदै छ। क्षेत्रका सांसदसँग तर्सिएका र डराएका नेपाली कांग्रेसका सम्भावित उम्मेदवारले आफ्ना छौंडाहरू र पकेटभित्रका अनलाइनवालाहरूलाई चरित्र हत्या गर्न खटाइसकेछन्। जनतामाथि भरोसा नभएका र भूगोल बाहिरबाट हाम्रोमा राजनीति गर्न आएका व्यक्तिलाई जनताले जवाफ दिने बेला आएजस्तो लाग्दै छ।’

यद्यपि, व्यापक आलोचनापछि उनले उक्त स्टाटस तीन पटकसम्म ‘इडिट’ गरेर छौंडा भन्ने शब्द हटाएका छन्। ललितपुर–१ भित्र पर्ने चार वटै पालिका प्रमुख सिलवालको बचाउमा खुलेरै उत्रिइसकेका छन्। एमाले गोदावरी नगर कमिटी अध्यक्ष प्रभाकर थापा, बागमती कमिटी अध्यक्ष नवराज सन्जेल, महाकाँल कमिटी अध्यक्ष पुरुषोत्तम हुमागाईं तथा कोन्ज्योसोम कमिटी अध्यक्ष कवीन्द्र लामाले संयुक्त विज्ञप्तिमार्फत सिलवालको पक्षमा उत्रिएका हुन्। त्यसपछि एमाले र कांग्रेसको एकअर्काविरुद्ध विज्ञप्ति ‘वार’ नै चलिरहेको छ।

बस्नेतको नाममा गलत भिडियो आएलगत्तै अन्य एमाले नेताहरू पनि तुच्छ शब्द प्रयोग गर्दै प्रतिकारमा उत्रिइसकेका छन्। नेता नवराज सिलवालले पनि विपक्षी दलका कार्यकर्तालाई ‘छौंडा’ भन्दै तल्लो स्तरको अभिव्यक्ति दिए।

एमाले युथफोर्स दस्ताको नेतृत्व लिएर चर्चामा आएका बस्नेत र सिलवाल दुवै अध्यक्ष केपी ओलीका प्रियपात्रका रूपमा चिनिन्छन्। आफ्ना प्रिय पात्रहरूले झैँ ओली स्वयं पनि विरोधीप्रति खनिन माहिर छन्। आपूmमाथि आएका आलोचना सुन्न नसक्ने ओली कार्यकर्तामार्फत आलोचकको अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउने प्रयत्न गर्छन्। उनका पछिल्ला अभिव्यक्तिलाई हेर्दा पनि उक्त कुरा पुष्टि हुन्छ।

गत १२ भदौमा ललितपुर च्यासलस्थित पार्टी मुख्यालयमा बसेको निर्वाचन परिचालन कमिटीको पहिलो बैठकमा बोल्दै एमालेविरुद्ध भ्रम सिर्जना गर्नेहरूलाई नछाड्न निर्देशन दिए। ओलीले एमालेप्रति गठबन्धन दलले भ्रम छर्ने प्रयास गरेको भन्दै तिनलाई चिर्दै बहुमत आउने गरी निर्वाचनको तयारी गर्न कार्यकर्तालाई निर्देशन दिए।

ओली गठबन्धनविरुद्ध मात्र हैन, स्वतन्त्र उम्मेदवारप्रति पनि निर्मम सुनिन्छन्। चुनावको मिति घोषणा भएको दोस्रो दिन नै ओली स्वतन्त्र उम्मेदवार बन्ने हल्ला चलाएकाहरूमाथि खनिएका थिए।

एमाले उपत्यका विशेष प्रदेश कमिटीले आयोजना गरेको रणनीतिक कार्यशालालाई सम्बोधन गर्ने क्रममा ओलीले स्वतन्त्र उम्मेदवारहरूलाई लाजशरम पचेको हुँडार भन्दै यिनले जे पनि गर्न सक्ने टिप्पणी गरे। उनले कार्यकर्तालाई निर्देशन दिँदै भनेका छन्, ‘यिनीहरूले जे पनि गर्न सक्छन्। यिनीहरूमाथि निगरानी बढाउनुपर्छ।’

ओली गठबन्धनविरुद्ध मात्र हैन, स्वतन्त्र उम्मेदवारप्रति पनि निर्मम सुनिन्छन्। चुनावको मिति घोषणा भएको दोस्रो दिन नै ओली स्वतन्त्र उम्मेदवार बन्ने हल्ला चलाएकाहरूमाथि खनिएका थिए।

ओलीले भनेझैं निगरानी बढाउन र पार्टीको प्रचारको लागि तयारी भइरहेको बताउँछन्, एमाले प्रचार विभाग उप–प्रमुख विष्णु रिमाल। रिमालका अनुसार तत्कालका लागि अध्यक्ष ओलीको संयोजकत्वमा ४५१ सदस्यीय केन्द्रीय निर्वाचन परिचालन कमिटी, ३४ सदस्यीय केन्द्रीय निर्वाचन सचिवालयका साथै प्रदेश, जिल्ला, पालिका, वडा र बुथसम्म निर्वाचन परिचालन कमिटी बनाउने निर्णय गरिए पनि यसले मूर्त रूप पाइसकेको छैन।

‘हामी सबै प्रचारका काम केन्द्रीकृत कमान्डअन्तर्गत नै रहेर गर्छौं। भर्चुअल माध्यममा सक्रियता बढाउने कुरामा पनि हामी काम गर्छौं तर अहिले नै केही भइसकेको छैन। विस्तारै सबै कमिटी बनाएर काम गर्छौं,’ उनले भने।

‘साइबर सेना’कै निरन्तरता !
एमालेले केही समयअघि साइबर सेनामार्फत सामाजिक सन्जालमा सक्रियता बढाएको थियो। आउँदो संसदीय चुनावमा पनि साइबर गतिविधि गर्न एमालेले त्यस्तै टोली निर्माण गर्ने संकेत देखाएको छ। एकातिर गठबन्धन र अर्कातिर स्वतन्त्रहरूको माहोलले आत्तिएको एमाले साइबर गतिविधिमार्फत पनि खरो रूपमा प्रचारमा उत्रने देखिन्छ।

भलै, पार्टीको प्रचार–प्रसारका लागि मात्र प्रयोग गरिने भए पनि विगतका गतिविधिबाट यस्ता समूह विरोधीहरू तह लगाउन बनाइने पुष्टि हुन्छ। करिब दुई तिहाइ नजिकको संसदीय बहुमतसहित ओली प्रधानमन्त्री बनेपछि उनका समर्थकका लागि ‘अरिंगाल’ शब्द धेरै प्रयोग हुन्थ्यो। ओलीले अरिंगालझैं विरोधीमाथि खनिनू भनेर आदेश पाएपछि ओली समर्थकको चिनारी नै बनेको थियो– अरिंगाल। यसबेलासम्म पार्टीबाट कुनै साइबर सेना सञ्चालित थिएन।

सोही समयमा पूर्वगृहमन्त्रीसमेत रहेका भीम रावलले आफूलाई ओलीका ‘साइबर सेना’ले बदनाम गराउन खोजेको अभिव्यक्ति दिए। रावलले पार्टीभित्रै भएका कमजोरीलाई लिएर प्रश्न गर्दथे। त्यसैले साइबर सेनाले आक्रमण गरेर बदनाम गराउन खाजेको उनले बताएपछि ओली निकट नेता महेश बस्नेतले ‘साइबर सेना’ बन्ने-बनाउने घोषणै गरे।

एमालेले केही समयअघि साइबर सेनामार्फत सामाजिक सन्जालमा सक्रियता बढाएको थियो। आउँदो संसदीय चुनावमा पनि साइबर गतिविधि गर्न एमालेले त्यस्तै टोली निर्माण गर्ने संकेत देखाएको छ।

म्याग्दीको बेनी पुगेका बस्नेतले अब वाइसिएल वा युथ फोर्स होइन, साइबर सेना बन्ने बताउँदै आफ्ना पक्षका कार्यकर्तालाई जिल्ला तहमा त्यसको संरचना बनाउन निर्देशनसमेत दिएका थिए।

त्यसबेला बस्नेतले भनेका थिए, ‘साइबर सेना पार्टीको युवा संघको विभागीय संरचनाको रूपमा रहनेछ। पार्टी संरचनामै राखिने साइबर सेनाले पार्टी नेता–कार्यकर्ताविरुद्ध सिर्जना गरिएको भ्रमलाई जोडदार रूपमा चिर्नेछ। पार्टी केन्द्र र युवा संघका अध्यक्षले खटाएको युवा इन्चार्जबाट साइबर सेना सञ्चालित हुनेछ।’

ओलीले गरेको राम्रो काम नदेख्ने तर नगरेको र नराम्रो कामको प्रचार गर्ने प्रवृत्तिविरुद्ध यो सेनाको कल्पना गरिएको थियो। त्यस्तै, पछि एमाले नेता प्रभु साहले पनि ‘आइटी आर्मी’ भन्दै सामाजिक सन्जालमा भिड्ने जत्था तयार गर्ने घोषणा गरेका थिए। अहिले पनि अध्यक्ष ओलीको अभिव्यक्ति र पार्टीको तयारी सुन्दा त्यस्तै किसिमको भर्चुअल कमिटी बनाइने तयारी भइरहेको बुझिन्छ। यद्यपि, यो कसैलाई सक्नेभन्दा पनि आपूmविरुद्ध आएका भ्रमलाई चिर्न प्रयोग हुने प्रचार विभाग सचिव गगन विष्ट बताउँछन्।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली।
‘साइबर सेना नै भनेजस्तो हुँदैन। यी सबै हल्ला मात्र हुन्। एउटा डिजिटल माध्यमबाट प्रचार–प्रसार गर्न सन्जालको विस्तार होला। तर त्यसले कसैलाई सक्न, विरोधी तह लगाउनभन्दा पनि आफ्नो प्रचारमा प्रयोग हुन्छ। तैपनि अहिले पार्टीभित्र यस्ता विषयमा काम भइरहेको र टुंगोमा नपुगिएकाले यसबारे बोल्न अलि हतारो हुन्छ,’ विष्टले भने।

विगत नजिर: फेक आइडीको बिगबिगी
‘ओली बा तिम्रो साथमा साइबर सेना छ।’ तत्कालीन प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेपछि ओलीको समर्थनमा हुने जुलुस र र्‍यालीहरूमा यस्ता नारा सुनिन्थे।

आफ्ना विरोधीहरू तह लगाउने भनेर खोलिएको साइबर सेनाका कार्यकर्ता नारा–जुलुसमा समेत देखिन्थे। यद्यपि, यस्ता भीडभाडमा भन्दा सामाजिक सन्जालमा उनीहरूको सक्रियता धेरै भएको पाइन्थ्यो। त्यसबेला फेसबुकमा साइबर सेनाको नाममा प्रशस्त आइडी बनाइएको थियो।

‘साइबर सेना’, ‘नेकपाको साइबर सेना’, ‘साइबर सेना एक हौं’, ‘साइबर सेना कर्णाली प्रदेश’, नेकपा साइबर सेना जाजरकोट’ लगायतका आइडी फेसबुक र ट्वीटरमा सक्रिय देखिन्थे। ओलीको तस्बिर राखिएका यस्ता पेज, गु्रप, आइडी र ट्वीटर ह्यान्डलमा ओलीको व्यापक समर्थन र विरोधीमाथि गालीगलौजका पोस्ट गरिन्थे।

यसबाहेक एमाले शीर्ष तहका नेताहरू नै गालीगलौजमा उत्रिएका थिए। गत २५ पुसमा तत्कालीन साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रको एक ट्वीटमा तत्कालीन प्रधानमन्त्री ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमालले ‘सीमामा बस्नुहोस्’ भन्दै कमेन्ट गरेका थिए। त्यसपछि धेरैले रिमाललाई ‘साइबर सेनाको सेनापति’को संज्ञा दिए। उक्त ट्वीटमा कमेन्ट गर्नेहरू पहिचान नखुलेका अन्य थुप्रै ‘फेक आइडी’ थिए। साइबर सेनाको नाममा यसरी फेक आइडीको बिगबिगीसम्म मच्चिएको थियो।

‘ओली बा तिम्रो साथमा साइबर सेना छ।’ तत्कालीन प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेपछि ओलीको समर्थनमा हुने जुलुस र र्‍यालीहरूमा यस्ता नारा सुनिन्थे।

हुन त भारतमा पनि सत्तारुढ दल बिजेपीले यस्तै प्रकारका आईटी सेल बनाएको छ। सोही माध्यमबाट त्यहाँको सत्तारुढ दल भारतीय जनता पार्टीले सामाजिक सञ्जालमा प्रोपोगान्डा मच्याउँदै आएको छ। पैसा तिरेरै राखिएका साइबर सेलका कर्मचारीले भाजपाको विरोधमा बोल्ने, लेख्ने व्यक्ति तथा सञ्चार माध्यमविरुद्ध अफवाह फैलाउने, गलत समाचार उत्पादन र सेयर गर्दै आएका छन्। यस्तै, गलत सूचनाले फैलिएको अफवाहका कारण उत्तेजित भएको असहिष्णु समूहको कुटाइमा परेर कैयौंले ज्यान पनि गुमाउनुपरेको छ।

कतिपयले एमालेको साइबर सेनालाई पनि साइबर सेलकै संज्ञा दिएका थिए। अफवाह चिर्ने भनिए पनि यस्ता संगठनको काम भने अफवाह फैलाउनु नै देखिन्छ। सामाजिक सन्जालमा ‘फेक’ आइडी खोलेर भ्रम फैलाउनु, विरोधी र आलोचकलाई गाली गर्नु यस्ता सेल र सेनाको काम रहेको विश्लेषकहरू बताउँछन्।

कसैमाथि निगरानी गर्छु भनेर समूह खोल्नु आफैंमा गैरकानुनी होः साइबर सुरक्षा कानुनविज्ञ बाबुराम अर्याल
अहिले जुनै पार्टीले पनि साइबर सेना राख्ने, के राख्ने गरेका छन्। यसको नियत के हो भन्ने कुरा महत्त्वपूर्ण हुन्छ। यस्ता संगठन गर्न पाउने अधिकार छ तर त्यो कसरी प्रयोग भइरहेको छ भनेर हामीले हेर्नुपर्छ। आफ्नो प्रचार–प्रसार गर्न हो कि कसैमाथि निगरानी र अनुगमन गर्ने हिसाबले बनाइएको छ भनेर हेर्नुपर्छ।

अराजकताका लागि संगठन गर्न पाइँदैन। संविधानबमोजिम संगठन गर्ने अधिकारका केही सीमा पनि छन्। अहिले बनेका साइबर सेना, आइटी आर्मी भनेको बाहिर सुन्दा पनि कसैलाई हस्तक्षेप गर्न बनाइएको समूहजस्तो देखिन्छ। त्यसैले नागरिकमाथि हस्तक्षेप गर्ने गरी बनाइने यस्ता संगठन गैरकानुनी हुन्।

अर्को कुरा भनेको, हामीसँग साइबर सुरक्षाको विषयमा अनुगमन गर्ने नियामक निकाय नै छन्। त्योभन्दा माथि गएर कुनै समूहले कसैको आनीबानीलाई अनुगमन गर्छु भन्नु आफैंमा कानुनसम्मत कुरा हैन। कसैको व्यक्तिगत कुरालाई अनुगमन गर्छु भन्न पनि पाइँदैन। कसैले त्यस्तो काम गरे भने गोपनीयताको हक, संवैधानिक अधिकारसँग सम्बन्धित कानुनमा टेकेर कारबाही गर्न सकिने कानुनी व्यवस्था छ।

प्रकाशित: Sep 03, 2022| 14:15 शनिबार, भदौ १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...