शनिबार, जेठ ३०, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • प्रधानमन्त्रीका प्रेस सल्लाहकार काठमाडौं-६ बाट उम्मेदवार सिफारिस

प्रधानमन्त्रीका प्रेस सल्लाहकार काठमाडौं-६ बाट उम्मेदवार सिफारिस

कांग्रेस क्षेत्रीय समितिले उनलाई समानुपातिकतर्फ सिफारिस गरेको हो।
 |  शुक्रबार, भदौ १७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १७, २०७९
National life
Shivam cement

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस सल्लाहकार गोविन्द परियार काठमाडौं-६ बाट उम्मेदवार सिफारिस भएका छन्। कांग्रेस क्षेत्रीय समितिले उनलाई समानुपातिकतर्फ सिफारिस गरेको हो। परियार सोही क्षेत्रबाट महाधिवेशन प्रतिनिधि हुन्।

२०४८ सालदेखि नेविसंघमा आबद्ध उनी २०६१ सालमा पार्टी विभाजन हुँदा प्रजातान्त्रिक कांग्रेसतर्फ लागेका थिए। परियारसँग १५ वर्ष पत्रकारिता गरेको अनुभव छ। 

अमेरिकाको ओहायो विश्वविद्यालयबाट पत्रकारिता अध्ययन गरेका परियारले समाजशास्त्र विषयमा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरेका छन्। 

प्रकाशित: Sep 02, 2022| 21:37 शुक्रबार, भदौ १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...