सुनसरी- नेपाली कांग्रेसले सुनसरी-१ बाट प्रतिनिधिसभा सदस्य चुनाव लड्नका लागि टिकट दिन ५ जनाको नाम सिफारिस गरेको छ। शुक्रबार समानुपातिक सांसद मीन विश्वकर्मा र मीना सुब्बासहित ५ जनाको नाम सिफारिस गरिएको कांग्रेस क्षेत्रीय समितिले जानकारी दिएको छ।
सिफारिस हुनेमा लक्ष्मी खतिवडा, उमेश थापा र चन्द्रप्रसाद श्रेष्ठ पनि छन्।
प्रदेशसभातर्फ सुनसरी-१ 'क'का लागि सुजेन्द्र तामाङ र अनिल श्रेष्ठ सिफारिस भएका छन्। यस्तै सुनसरी-२ 'ख'का लागि माधव घिसिङ, तिलक राई, जगतबहादुर कार्की, रोहित सुब्बा, अजय राई, रमेश काफ्ले, सुरेन राई, काशीराम चौधरी, नारद राई, केशव पुरी र हिमाल राई (महिला)को नाम सिफारिस भएको छ।