शनिबार, मंसिर ६, २०८२

२१९ को टार्गेटमा आशिफले जोडे ११० रन, ७ विकेटले नेपाल विजयी

नेपालले घरेलु टोली केन्याविरुद्धको पहिलो एकदिवसीय खेलमा जित निकालेको छ।
 |  शुक्रबार, भदौ १७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १७, २०७९

काठमाडौं- नेपालले घरेलु टोली केन्याविरुद्धको पहिलो एकदिवसीय खेलमा जित निकालेको छ। नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा नेपालले केन्यालाई ७ विकेटले हराएको हो।

National life

केन्याले दिएको २१९ रनको लक्ष्य नेपालले ४७ ओभर २ बलमा ३ विकेट गुमाएर पूरा गर्‍यो। नेपालका आसिफ शेखले ११० रनको शतकीय इनिङ खेले। उनले १ सय २० बलमा १२ चौका र २ छक्का प्रहार गरेका थिए।

नेपालका अर्जुन साउदले ६१ रन संकलन गरे। ज्ञानेन्द्र मल्ल २४ रनमा आउट भए। दीपेन्द्र सिंह ऐरीले अविजित १५ रन जोड्दा रोहित पौडेलले अविजित ३ रन बनाए। केन्याका भिसिल पटेल, रकिप पटेल र कोलिन्स ओबुयाले १/१ विकेट लिएका थिए। 

त्यसअघि टस जितेर ब्याटिङ गरेको केन्याले ४८ ओभर १ बलमा अलआउट भएर २१८ रन बनाएको थियो। केन्याका लागि रकिप पटेलले ६७ तथा कोलिन्स ओबुयाले ६२ रन बनाए। ईफ्रान करिमले ३१ तथा सचिन बुदियाले २७ रन बनाएका थिए।

नेपालका लागि सोमपाल कामी र करण केसीले समान ३/३ विकेट लिए। त्यस्तै आदिल आलम र पवन सर्राफले समान १/१ विकेट लिइदिए।

Laxmi sunrise bank
kumari

जितसँगै नेपालले ३ खेलको सिरिजमा १-० को अग्रता बनाएको छ। शनिबार र सोमबार क्रमश: दोस्रो र तेस्रो खेल हुँदैछ।

केन्याविरुद्धको ५ खेलको टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिज ३-२ ले नेपालले जितिसकेको छ। 


प्रकाशित: Sep 02, 2022| 20:15 शुक्रबार, भदौ १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।