शनिबार, जेठ ३०, २०८३

काठमाडौं-८ बाट चुनाव लड्न नवीन्द्रपत्नीले दिइन् आवेदन

नेपाली कांग्रेसका दिवंगत नेता नवीन्द्रराज जोशीकी पत्नी सपना राजभण्डारी जोशीले काठमाडौं-८ बाट चुनाव लड्न इच्छा व्यक्त गरेकी छन्।
 |  शुक्रबार, भदौ १७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १७, २०७९

काठमाडौं- नेपाली कांग्रेसका दिवंगत नेता नवीन्द्रराज जोशीकी पत्नी सपना राजभण्डारी जोशीले काठमाडौं-८ बाट चुनाव लड्न इच्छा व्यक्त गरेकी छन्। यसका लागि पार्टीमा उनले आवेदन दिएको कांग्रेस क्षेत्रीय समितिले जानकारी दिएको छ। 

National life

यसअघि पनि उनले काठमाडौं महानगर प्रमुखमा उम्मेदवारी दिने सोच बनाएकी थिइन्। तर अन्तिम समयमा प्रकाशमान सिंहकी पत्नी सिर्जना सिंहले काठमाडौं प्रमुखको टिकट पाएकी थिइन्। यद्यपि सिर्जना पराजित भइन्। 

जोशी गत सम्पन्न १४औं महाधिवेशनमा काठमाडौं-८ बाट सर्वसम्मत महासमिति सदस्य चयन भएकी थिइन्।

नेता नवीन्द्रराज जोशीसँग वैवाहिक जीवनमा गाँसिनु अघि सक्रिय विद्यार्थी राजनीतिमा थिइन्। नवीन्द्र यहीँ क्षेत्रबाट २०६४ र २०७० मा संविधानसभा सदस्य निर्वाचित भएका थिए। ०७४ को निर्वाचनमा उम्मेदवार बनेका जोशी ४४४ मतान्तरले वर्तमान पर्यटनमन्त्री जीवनराम श्रेष्ठसँग पराजित भएका थिए।

काठमाडौंभित्र राम्रो सांगठनिक पकड र निष्ठा इमानदारीपूर्वक राजनीति गर्ने नविन्द्रको छवि बनेको थियो। नविन्द्रको निधनपछि नवीन्द्रका कामलाई सपनाले निरन्तरता दिँदै आएकी छन्।

Shivam cement

काठमाडौं-८ बाटै राजुराज जोशीले पनि उम्मेदवार हुनका लागि पार्टीमा आवेदन बुझाएका छन्। राजुराज पनि नवीन्द्रराजकै पारिवारिक सम्बन्धका व्यक्ति हुन्। २०७४ मा उनी काठमाडौं महानगर प्रमुखमा प्रतिस्पर्धा गरेका थिए। तर एमालेका विद्यासुन्दरसँग पराजित भएका थिए। 

प्रकाशित: Sep 02, 2022| 19:32 शुक्रबार, भदौ १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...