बिहीबार, साउन २१, २०८३

ओलीसँग भिडाउन कांग्रेसले सिफारिस गर्‍यो ४ नेता, कसले पाउला टिकट?

सिफारिसमा पर्नेहरूमा महेन्द्रा लिम्बू, खगेन्द्रपाण्डव अधिकारी, मेदिनी सिटौला र विश्वदीप लिङदेन छन्।
 |  शुक्रबार, भदौ १७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १७, २०७९

झापा- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग चुनाव लड्नका लागि नेपाली कांग्रेसले चार जनाको नाम सिफारिस गरेको छ। कांग्रेसको झापा-५ क्षेत्रीय समितिले उनीहरूलाई प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बनाउन सिफारिस गरेको हो। 

सिफारिसमा पर्नेहरूमा महेन्द्रा लिम्बू, खगेन्द्रपाण्डव अधिकारी, मेदिनी सिटौला र विश्वदीप लिङदेन छन्। 

लिम्बू नेपाली कांग्रेसकी केन्द्रीय सदस्य हुन्। उनी अहिले समानुपातिक तर्फबाट प्रतिनिधिसभा सदस्य हुन्। सभापति शेरबहादुर देउवा निकट मानिने लिम्बू २०६४ सालमा झापाको यही क्षेत्रबाट प्रत्यक्ष उम्मेदवार बनेकी थिइन्। उनी सहिद मुगाधन राईकी छोरी हुन्। लिम्बू २०७० मा पनि समानुपातिक सांसद थिइन्। गत १४औं महाधिवेशनबाट कांग्रेसको केन्द्रीय सदस्य बनेकी हुन्। 

त्रिचन्द्र क्याम्पसमा प्राध्यापन पेसा छोडे अधिकारी गत निर्वाचनमा ओलीसँग भिड्न  गएका थिए। उनले आफूले बाम गठबन्धन भएका बेलामा केपी ओलीसँग चुनावी मैदानमा उत्रिएर पार्टीको शीर उचो राखेकाले यो पटक पनि उम्मेदवार बन्न पाउनुपर्ने बताउँदै आएका छन्। २०७४ सालताका पूर्वमहामन्त्री कृष्ण सिटौला निकट रहेका अधिकारी पार्टीको १४औं महाधिवेशनपछि भने सभापति शेरबहादुर देउवा समूहसँग नजिकिएका छन्। सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसँग पनि उनको राम्रो सम्बन्ध छ। 

नेपाल विद्यार्थी संघका पूर्वउपाध्यक्ष मेदिनी सिटौला यसपटक झापा-५ मा केपी ओलीसँग प्रतिस्पर्धाका लागि दाबेदारी गर्दै आएका छन्। ३५ वर्षदेखि उनी कांग्रेसको राजनीति गर्दै आएका छन्। 

२०४८ देखि २०५१ सम्म नेपाल ल क्याम्पसमा नेविसंघ ईकाईमा रहेर काम गरेका सिटौला २०५९ देखि २०६१ सम्म नेविसंघको केन्द्रीय उपाध्यक्षको जिम्मेवारी सम्हालेका थिए। सिटौलाले २०६७ देखि २०७२ सम्म नेपाल तरुण दलको केन्द्रीय सदस्य भएर काम गरिसकेका छन्। सिटौला केन्द्रीय प्रचार समिति र विधान मस्यौदा समितिको संयोजकको भूमिका निर्वाह गरेका थिए। झापामा डा शेखर कोइराला पक्षको नेतृत्व सिटौलाले गर्दै आएका छन्। 

२०६४ सालमा यही क्षेत्रबाट केपी ओलीलाई पराजित गरेका लिङ्देन प्रतिनिधिसभा निर्वाचनमा ओलीसँग प्रतिस्पर्धा कांग्रेसले सिफारिस गरेको छ। उनी अहिले नेपाली कांग्रेसको महाधिवशेन प्रतिनिधि हुन्। लिङ्देन २०७४ सालमा माओवादी केन्द्र परित्याग गरी कांग्रेस प्रवेश गरेका थिए। २०६४ सालमा लिङ्देनले माओवादीबाट ओलीलाई यस क्षेत्रमा हराएका थिए। उनी हालै लोकतान्त्रिक आदिवासी जनजाति महासंघको केन्द्रीय सदस्यमा मनोनित भएका छन्।


प्रकाशित: Sep 02, 2022| 18:52 शुक्रबार, भदौ १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...