बिहीबार, साउन २१, २०८३

अफताव आलमलाई कांग्रेसले उम्मेदवार बनाउँदैन : गगन

सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफ्नो पार्टीले कारागारमा रहेका नेता मोहम्मद अफताव आलमलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार नबनाउने बताएका छन्।
 |  शुक्रबार, भदौ १७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १७, २०७९

काठमाडौं– सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफ्नो पार्टीले कारागारमा रहेका नेता मोहम्मद अफताव आलमलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार नबनाउने बताएका छन्। 

शुक्रबार मदन पुरस्कार विजेता साहित्यकार रामलाल जोशीद्वारा लिखित पुस्तक ‘बाआमा’ सार्वजनिक कार्यक्रममा उनले क्षेत्रले सिफारिस गरे पनि आलम सांसद उम्मेदवार नबन्नेमा ढुक्क रहन आग्रह गरे। 

आलमलाई नेपाली कांग्रेसले बुधबार रौतहट–२ बाट उम्मेदवार बनाउन सिफारिस गरेको थियो। आलमको नाम सिफारिस भएसँगै कांग्रेसको आलोचना भइरहेको छ। 

शुक्रबारको कार्यक्रममा गगनभन्दा अगाडि बोलेका साहित्यकार नयनराज पाण्डेले इँटा भट्टामा मान्छे जलाएको अभियोग लागेका व्यक्तिलाई कांग्रेसले उमेदवार बनाउँदै छ, यसका बारेमा हामीले कथा लेख्ने दिन आउँदै छ भनेपछि गगनले आलमलाई उम्मेदवार नबनाइने बताएका हुन्।

थापाले भने, ‘नयनराज दाइले गगनको पार्टी भन्नुभयो। कुनै बेला उहाँले पनि काम गरेको पार्टी हो। संविधानले वर्जित गरेको मात्र होइन, नैतिकताको कसीमा राखेर हेर्दाखेरी छाती ठोकेर यो निर्णय हामीले गरेको, मैले गरेको भन्न नसक्ने कुनै पनि निर्णय हामी भएको ठाउँबाट हाम्रो पार्टीले गर्दैन। यत्ति कुरा आश्वस्त पार्छु।’

प्रकाशित: Sep 02, 2022| 17:17 शुक्रबार, भदौ १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...