काठमाडौं– नेपालमा पहिलोपटक नाडाले आयोजना गर्न लागेको नाडा ईभी एक्स्पो २०२२ को तयारी तीव्र गतिमा अगाडि बढिरहेको नाडाले जनाएको छ। एक्स्पोमा चारपांग्रे, तीनपांग्रे र दुईपांग्रे विद्युतीय सवारीसाधनको उल्लेख्य सहभागिता रहने नाडाको अपेक्षा छ।
यसैगरी प्रदर्शनीमा अटो कम्पोनेन्ट, टायर, ब्याट्री, ग्यारेज इक्युपमेन्ट्स, चार्जिङ स्टेसनलगायत बैंक तथा इन्स्योरेन्स कम्पनीसमेत गरी कुल ४५ भन्दा बढी कम्पनीको सहभागिता हुने भएको छ।
काठमाडौंको भृकुटीमण्डपमा ०७९ असोज ६ गतेदेखि ९ गतेसम्म आयोजना हुने प्रदर्शनमा सहभागी हुने कम्पनीहरुका लागि लक्की ड्र कार्यक्रम शुक्रबार टेकुस्थित आफ्नै सचिवालयमा सम्पन्न गरेको नाडा अटो एक्स्पो समितिका सभापति अनुप बरालले जानकारी दिए।
लक्की ड्र कार्यक्रममा नाडाका अध्यक्ष ध्रुव थापा, कोषाध्यक्ष मिलनबाबु मल्ल तथा केन्द्रीय कार्य समिति सदस्य प्रदीपमान प्रधानसमेतको उपस्थिति थियो।