शनिबार, भदौ १३, २०८३

साफको तयारी तीव्र, आइतबार सबै टिम आइपुग्ने

अखिल नेपाल फुटबल संघ एन्फाले आउँदो मंगलबारबाट काठमाडौंमा हुने साफको तयारी तीव्र पारेको जानकारी दिएको छ। काठमाडौंको दशरथ रंगशालामा मंगलबारबाट महिला साफ च्याम्पियसिप हुन लागेको हो।
 |  शुक्रबार, भदौ १७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १७, २०७९

काठमाडौं– अखिल नेपाल फुटबल संघ एन्फाले आउँदो मंगलबारबाट काठमाडौंमा हुने साफको तयारी तीव्र पारेको जानकारी दिएको छ। काठमाडौंको दशरथ रंगशालामा मंगलबारबाट महिला साफ च्याम्पियसिप हुन लागेको हो।

साफका लागि भुटानको टिम एक हप्ताअघि नै काठमाडौं आइसकेको छ। उसले गएको बुधबार त्रिभुवन आर्मी क्लबसँग अभ्यास खेल पनि खेलेको थियो। सो खेलमा भुटान ४–० ले विजयी भएको थियो।

सेप्टेम्बर ६ देखि १९ सम्म काठमाडौंमा हुने प्रतियोगिताको मूल आयोजक समितिको संयोजकमा वीरबहादुर खड्का रहेका छन्। उनले यो प्रतियोगिताको सबै राइट्स हन्ड्रेड स्पोर्टसलाई ६२ लाखमा दिएको पनि बताएका  छन्।

‘साफ च्याम्पियनसिपको सबै राइट हन्ड्रेड स्पोर्टसलाई दिइएको छ। उसले टिकटका साथै अनलाइन पार्टनरसिप लिएको छ। त्यस्तै टेलिभिजन राइटसमेत गरी हामीले ६२ लाखमा साफको अधिकार बेचेका हौं।  यसमा २५ लाख टिकटको मूल्य हामीले नै तोकेर पठाएको हो,’ उनले भने। एन्फाले दिएको जानकारी अनुसार प्रतियोगिताको लागत तीन करोड ४७ लाख ६७ हजारभन्दा बढी छ। त्यसबाहेक खेल मैदानको तयारी र स्थानीय खर्च भने एन्फा  आफैं बेहोर्ने बताएको छ।

यति धेरै खर्च हुने प्रतियोगिताको राइट मूल्य चाहिँ एन्फाले ६२ लाखमै बेच्नु कतिको जायज हो? जवाफमा खड्काले भने, ‘६२ लाखमा भ्याट कट्ने गरी राइट दिने भएका छौं। सस्तो भन्ने कि महँगो भन्ने हो? हामीले सुरुआत गरेको हो, हामीलाई ठिकै हो भन्ने पनि लाग्छ। यो एक वर्षको लागि सम्झौता रहेको छ। यो प्रतियोगिताको लागि मात्र टेन्डर आह्वान गरिएको हो। हामीले सूचना निकालेपछि हामीले दुईवटा बिड परेको हो।’

सहभागी टिम र म्याच अफिसियलको खर्च भने साफले नै बेहोर्ने छ। एन्फाले साधारणतर्फ ३०० र भीआईपीतर्फ को टिकट मूल्य ५०० रुपैयाँ तोकेको छ। आफ्नो समिति निर्वाचन भएको दुई महिनामै साफ गर्न पाउनु ठूलो जिम्मेवारी रहेको वीरबहादुर खड्काले बताएका छन्। उनले भने, ‘दुई महिनामै साफ आयोजनाको जिम्मेवारी पाएका छौं। प्रतियोगिताको सबै तयारी पूरा भएको छ।’

राष्ट्रिय टिमका खेलाडीलाई कुमार थापाले प्रशिक्षण गराइरहेका छन्। पाकिस्तान र बंगलादेशको टोली शनिबार आइपुग्ने तालिका रहेको छ भने भारत र श्रीर्लका आइतबार नेपाल आइपुग्नेछन्। खेलाडीहरु सोल्टी होटलमा र अफिसियल हायातमा रहने एन्फाले जनाएको छ।

यता एन्फाका भेन्यु म्यानेजर रविन चन्दले भने व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएका छन्।  त्यसैले अहिले चन्दको ठाउँमा दिलिप रजकले काम गरिरहेका छन्। उनी रंगशालाका क्युरेटर र म्यानेजर पनि हुन्।




प्रकाशित: Sep 02, 2022| 17:01 शुक्रबार, भदौ १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।