शनिबार, जेठ ३०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • बूढीगण्डकी आयोजना निर्माण गर्न दर्ता भयो कम्पनी, ऊर्जा, अर्थ र प्राधिकरण मुख्य लगानीकर्ता

बूढीगण्डकी आयोजना निर्माण गर्न दर्ता भयो कम्पनी, ऊर्जा, अर्थ र प्राधिकरण मुख्य लगानीकर्ता

सरकारले १२ सय मेगावाट बूढीगण्डकी जलविद्युत आयोजना स्वदेशी लगानीबाट बनाउने निर्णय गरेपछि सोहीअनुसार ऊर्जा, अर्थ र प्राधिकरणको सेयर स्वामित्व हुने गरी कम्पनी दर्ता भएको हो।
 |  शुक्रबार, भदौ १७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १७, २०७९

काठमाडौं– बूढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेड दर्ता भएको छ। शुक्रबार कम्पनी रजिस्ट्रारको कार्यालयमा कम्पनी दर्ता भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, अर्थ मन्त्रालय र नेपाल विद्युत् प्राधिकरण संस्थापक रहने गरी सो कम्पनी दर्ता भएको मन्त्रालयले बताएको छ। 

National life

मन्त्री पम्फा भुसालले कम्पनी दर्ता भएकामा धेरै खुसी भएको जानकारी ट्वीटमार्फत दिएकी छन्। कम्पनीमा ऊर्जा मन्त्रालयको ५०, अर्थ मन्त्रालयको ३० र विद्युत् प्राधिकरणको २० प्रतिशत सेयर स्वामित्व रहने उल्लेख गरिएको छ।

२० अर्ब रुपैयाँ अधिकृत पुँजी रहेको सो कम्पनीको जारी पुँजी पनि २० अर्बकै रहनेछ। तर चुक्तापुँजी भने १६ अर्ब रुपैयाँ छ। दुई मन्त्रालय र प्राधिकरणले सो बराबरको रकम चुक्ताका लागि कवुल गरेका छन्।

सरकारले १२ सय मेगावाट बूढीगण्डकी जलविद्युत आयोजना स्वदेशी लगानीबाट बनाउने निर्णय गरेको थियो। सोहीअनुसार कम्पनी दर्ता भएको मन्त्री भुसालले जानकारी दिइन्।

२४ चैत २०७८ मा मन्त्रिपरिषद् बैठकले बूढीगण्डकी स्वदेशी लगानीमा बनाउने निर्णय गरेको थियो। हालसम्म बूढीगण्डकी आयोजनाको मुआब्जा बाँड्नेबाहेक कुनै काम हुन सकेको छैन। ऊर्जा मन्त्रालयका अनुसार आयोजनामा मुआब्जा वितरण तथा बस्ती स्थानान्तरण र पुनस्थापनालगायत काममा हालसम्म साढे ३५ अर्ब रुपैयाँ खर्च भइसकेको छ।

Shivam cement

प्रकाशित: Sep 02, 2022| 16:57 शुक्रबार, भदौ १७, २०७९
प्रतिक्रिया दिनुहोस्