बिहीबार, साउन २१, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • प्रत्यक्ष निर्वाचनमा ३३ प्रतिशत कोटा छुट्याउन महिला नेतृहरूको माग

प्रत्यक्ष निर्वाचनमा ३३ प्रतिशत कोटा छुट्याउन महिला नेतृहरूको माग

समानुपातिकमा ३३ प्रतिशत मात्रै नभई प्रत्यक्ष निर्वाचनमा महिला उम्मेदवारका निम्ति पनि सोहीअनुसारको संवैधानिक व्यवस्था गर्न राजनीतिक दलमा आबद्ध नेतृहरूको माग।
 |  शुक्रबार, भदौ १७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १७, २०७९

काठमाडौं– विभिन्न राजनीतिक दलमा आबद्ध महिला नेतृहरूले आगामी ४ मंसिरमा हुने संघ र प्रदेशसभा निर्वाचनमा महिलाका निम्ति छुट्टै निर्वाचन क्षेत्र छुट्याउन माग गरेका छन्। 

दलित महिला केन्द्र नेपाल र माण्डवी नामक संस्थाले शुक्रबार राजधानीमा आयोजना गरेको ‘आगामी आमनिर्वाचनमा महिलाको अर्थपूर्ण सहभागितासम्बन्धी र राजनीतिक दलको भूमिका’ विषयक अन्तक्र्रियामा सहभागी दलका नेताहरूले समानुपातिकमा ३३ प्रतिशत मात्रै नभई प्रत्यक्ष निर्वाचनमा महिला उम्मेदवारका निम्ति टिकट व्यवस्था गर्नुपर्नेमा जोड दिएका हुन्। 

कांग्रेसका सचेतक मीन विश्वकर्माले प्रत्यक्ष निर्वाचनमा महिला सहभागिता बढाउन उनीहरूको नेतृत्व विकाससँगै राजनीतिक पार्टीले प्रस्ट नीतिगत व्यवस्था गरी त्यसको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने धारणा राखे। 

नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य अमृता थापा मगरले प्रत्यक्ष निर्वाचनमा महिलाका निम्ति टिकट पाउनुपर्ने बाध्यकारी व्यवस्था गर्नुपर्ने बताइन्। नेकपा एकीकृत समाजवादीकी सचिव गोमा विष्टले निर्वाचनमा महिलालाई ३३ प्रतिशत छुट्टै निर्वाचन क्षेत्रको संवैधानिक व्यवस्था गर्नुपर्ने माग गरिन्।

जनता समाजवादी पार्टीका सचेतक प्रमोद साहले आरक्षणका नाममा एउटै व्यक्तिले पटक–पटक आरक्षण पाउने गरेको र लक्षित वर्गले नपाएको भन्दै आपत्ति जनाए।नेकपा एमाले सांसद जयन्ती राईले निर्वाचन प्रणाली परिवर्तन गरी पूर्ण समानुपातिक लागू गर्नुपर्ने धारणा राखिन्।

दलित महिला केन्द्र नेपालका अध्यक्ष तथा संविधानसभा सदस्य दुलारी हरिजनले महिला र दलित समुदायको सवालमा ऐन, कानुन र संवैधानिक व्यवस्थाको प्रभावकारी कार्यान्वयन नभएको बताइन्।

प्रकाशित: Sep 02, 2022| 15:45 शुक्रबार, भदौ १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...