बुधबार, असार ३, २०८३

माओवादी केन्द्रले तोक्यो बागमतीमा नेताको चुनावी जिम्मेवारी

प्रदेश कार्यालय बबरमहलमा बसेको बैठकले सबै जिल्लाका संघ र केही प्रदेशका निर्वाचन क्षेत्रमा चुनावी कमान्डर तोकेको हो।
 |  शुक्रबार, भदौ १७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १७, २०७९

काठमाडौं- सत्तारुढ नेकपा माओवादी केन्द्रको बागमती प्रदेश पदाधिकारी र प्रदेशमा कार्यक्षेत्र भएका केन्द्रीय सदस्यको बैठकले १३ वटै जिल्लाका संघ र प्रदेशको चुनावी कमान्डर तोकेको छ । 

National life

बैठकले प्रदेश इन्चार्ज, सहइन्चार्ज र सबै केन्द्रीय सदस्यका लागि कार्यक्षेत्र निर्धारण गरेको छ। प्रदेश कार्यालय बबरमहलमा बसेको बैठकले  सबै जिल्लाका संघ र केही प्रदेशका निर्वाचन क्षेत्रमा चुनावी कमान्डर तोकेको हो।

नारायण दाहाल, सूर्य सुवेदी, ईश्वरी भट्टराईलगायत नेताहरूलाई चितवनमा जिम्मेवारी दिइएको छ।  

माओवादी केन्द्रले सरकार सञ्चालन संयन्त्रमा नारायण दाहाल, ज्ञानु बस्नेत, जनवर्गीय संगठनमा सूर्य सुवेदी, मोर्चा संगठनमा हितबहादुर तामाङ, विभागमा ईश्वरी भट्टराईलाई तोकेको छ। 

यस्तै, संघ र प्रदेश निर्वाचन क्षेत्रअन्तर्गत काठमाडौंमा निर्वाचन क्षेत्र १ मा अनिल शर्मा, निर्वाचन क्षेत्र २ मा कुमार पौडेल, निर्वाचन क्षेत्र ३ मा बद्री बजगाईं, निर्वाचन क्षेत्र ३ (ख)मा अमरध्वज लामा, निर्वाचन क्षेत्र ४ मा गोविन्द बटालालाई जिम्मेवारी दिएको छ।

Shivam cement

निर्वाचन क्षेत्र ५ मा कल्पना शर्मा, निर्वाचन क्षेत्र ६ मा हिमाल शर्मा, निर्वाचन क्षेत्र ६ (क)मा कौशर शाह, निर्वाचन क्षेत्र ७ मा मुक्ति प्रधान, निर्वाचन क्षेत्र ७ (क) मा रामबाबु फुँयाल, निर्वाचन क्षेत्र ८ मा सरिता महर्जन, निर्वाचन क्षेत्र ९ मा शंकर दुलाल, निर्वाचन क्षेत्र १० मा अञ्जना विशंखे, निर्वाचन क्षेत्र १० (क)मा धनबहादुर महर्जन, निर्वाचन क्षेत्र १० (ख) मा पार्वती थापालाई जिम्मेवारी दिएको छ।

नेकपा माओवादी केन्द्रका अनुसार जिल्ला इन्चार्जमा कुमार पौडल, काठमाडौं महानगर इन्चार्जमा मुक्तिनारायण प्रधान, भक्तपुर निर्वाचन क्षेत्र १ मा दिलीप प्रजापति, निर्वाचन क्षेत्र १ (क)मा उर्मिला श्रेष्ठ, निर्वाचन क्षेत्र २ मा देवेन्द्र श्रेष्ठ, निर्वाचन क्षेत्र २(क)मा डिपी ढकाल र जिल्ला इन्चार्जमा दिलीप प्रजापतिलाई तोकेको छ।

यस्तै, ललितपुर निर्वाचन क्षेत्र १ मा गंगा पराजुली, निर्वाचन क्षेत्र २ मा पद्मा राई, निर्वाचन क्षेत्र ३ मा हरि दाहाल, निर्वाचन क्षेत्र ३ (क) मा उर्मिला लामा र जिल्ला इन्चार्जमा हरि दाहाल र सह–इन्चार्जमा दीपेश महर्जनलाई जिम्मेवारी दिइएको छ।

ललितपुर महानगर इन्चार्जमा राजकाजी महर्जन, काभ्रेको निर्वाचन क्षेत्र १ मा सूर्यमान दोङ, निर्वाचन क्षेत्र १(क)मा रत्न ढकाल, निर्वाचन क्षेत्र १(ख)मा कृष्ण अधिकारी, निर्वाचन क्षेत्र २ मा रुकु चौलागाईं, निर्वाचन क्षेत्र २ (क)मा तेजबहादुर मिजार, भरत लामिछाने, निर्वाचन क्षेत्र २(ख)मा मीना तामाङ र जिल्ला इन्चार्जमा सूर्यमान दोङलाई प्रमुख तोकेको छ।

सिन्धुपाल्चोक निर्वाचन क्षेत्र १ मा माधव सापकोटा, निर्वाचन क्षेत्र १(ख) मा अमृता नेपाल, निर्वाचन क्षेत्र २ मा शरद दुलाल, निर्वाचन क्षेत्र २(ख) मा चन्द्रबहादुर थापा, दोलखा निर्वाचन क्षेत्रमा देवी खड्का, निर्वाचन क्षेत्र (क) मा नवीन जिरेल, शंकर लामा, विशाल खड्का,

निर्वाचन क्षेत्र (ख) मा गोपाल पाण्डे, नरबहादुर पाख्रिन, रामेछाप निर्वाचन क्षेत्रमा श्यामकुमार श्रेष्ठ, निर्वाचन क्षेत्र (क) मा लक्ष्मी गुरुङ, निर्वाचन क्षेत्र (ख) मा सुनिता गौतम, जिल्ला इन्चार्जमा श्यामकुमार श्रेष्ठलाई तोकिएको छ।

यस्तै, सिन्धुली निर्वाचन क्षेत्र १ मा दीर्घ श्रेष्ठ, निर्वाचन क्षेत्र २ मा वसन्त माझी, जिल्ला इन्चार्जमा राजन दाहाल, मकवानपुर निर्वाचन क्षेत्र १ मा विजय गौतम, प्रल्हाद बुढाथोकी, निर्वाचन क्षेत्र १ (क)मा प्रमिला पुलामी, निर्वाचन क्षेत्र १ (ख)मा मानकुमारी नेपाली, निर्वाचन क्षेत्र २ मा कुमारी मोक्तान, निर्वाचन क्षेत्र २ (क)मा सन्तोष विष्ट, निर्वाचन क्षेत्र २ (ख)मा रामनारायण बिडारी, जिल्ला इन्चार्जमा कुमारी मुक्तानलाई जिम्मेवारी दिइएको छ। 

चितवन निर्वाचन क्षेत्र १ मा कञ्चन खनाल, निर्वाचन क्षेत्र २ मा घनश्याम दाहाल, निर्वाचन क्षेत्र २ (ख)मा रणेन्द्र बराइली, निर्वाचन क्षेत्र ३ मा रेणु दाहाल, निर्वाचन क्षेत्र ३ (क)मा गंगा बेलबासे, ठाकुर ढकाल, निर्वाचन क्षेत्र ३ (ख)मा यमबहादुर परियार, बुद्धि नेपाली, जिल्ला इन्चार्जमा रेणु दाहाल तोकिएका छन्।  

यस्तै, धादिङ निर्वाचन क्षेत्र १ मा शालिकराम जमकट्टेल, निर्वाचन क्षेत्र २ मा दीपा सिंखडा, जिल्ला इन्चार्जमा शालिकराम जमकट्टेलले जिम्मेवारी पाएका छन्।

नुवाकोट निर्वाचन क्षेत्र १ मा हितबहादुर तामाङ, निर्वाचन क्षेत्र २ मा विमला सुवेदी, जिल्ला इन्चार्जमा विमला सुवेदीलाई तोकिएको छ भने रसुवा निर्वाचन क्षेत्रमा इन्द्र गोतामेलाई जिम्मेवारी दिइएको छ।

प्रकाशित: Sep 02, 2022| 13:06 शुक्रबार, भदौ १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...