बुटवल- आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अर्घाखाँचीमा कांग्रेसबाट संघीय संसदकी उपसभामुख पुष्पा भुसालसहित ६ जनाको नाम सिफारिस भएको छ।
क्षेत्रीय समितिले उपसभामुख भुसालसहित कांग्रेस लुम्बिनी प्रदेश सहमहामन्त्री विष्णुप्रसाद खनाल, पूर्वकेन्द्रीय सदस्य रेवतीप्रसाद भुसाल, महाधिवेशन प्रतिनिधिहरु रामबहादुर बिसी, लेखनाथ पोखरेल र मुक्तिराम श्रेष्ठको नाम सिफारिस गरेको क्षेत्रीय सचिव सुरज रायमाझीले बताए।
उपसभामुखसमेत रहेकी भुसाल केन्द्रीय स्तरमा प्रभावशाली नेता हुन्। भुसाल २०४८ र २०५१ मा दुई पटक चुनाव जितेर पर्यटन राज्यमन्त्रीसमेत भएकी थिइन्।