मंगलबार, पुस १, २०८२

डोटीबाट कांग्रेसमा पुष्पकुमार शाहीसहित नौ जनाको आवेदन दर्ता

मङ्सिर ४ मा हुने प्रतिनिधि सभाको निर्वाचनका लागि डोटी कांग्रेसबाट प्रत्यक्षतर्फ नौ जनाको नाम सिफारिस भएको छ।
 |  शुक्रबार, भदौ १७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १७, २०७९

डोटी- मङ्सिर ४ मा हुने प्रतिनिधि सभाको निर्वाचनका लागि डोटी कांग्रेसबाट प्रत्यक्षतर्फ नौ जनाको नाम सिफारिस भएको छ।

National life

नेपाली कांग्रेसले उम्मेदवार हुन इच्छुकसँग आवेदन माग गरेपछि आकाङ्क्षी उम्मेदवारहरूले बिहीबार आवेदन दिएका हुन्।

प्रतिनिधि सभाका लागि एक मात्र निर्वाचन क्षेत्र रहेको डोटीबाट प्रत्यक्षतर्फ नौ जना र समानुपातिकतर्फ सात जना गरी जम्मा १६ जना आकाङ्क्षी नेताहरूले नाम दर्ता गराएका छन्।

प्रत्यक्षतर्फ नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभापति एवं पूर्व मन्त्री वीरबहादुर बलायर, पूर्व पार्टी सभापति एवं पूर्व मन्त्री भक्त बहादुर बलायर, सुदूरपश्चिम प्रदेश सभा सदस्य भरत बहादुर खड्का, पूर्व सभापति एवं महाधिवेशन प्रतिनिधि यज्ञराज पाठक, पूर्व केन्द्रीय सदस्य आनन्द विष्ट, महासमिति सदस्य जितेन्द्र विक्रम शाही, नेवि संघका पूर्व केन्द्रीय उपाध्यक्ष पुष्प कुमार शाही र तरुण दलका पूर्व केन्द्रीय सदस्य हर्क बहादुर देउवाले नाम दर्ता गराएको डोटी कांग्रेसले जनाएको छ।

त्यस्तै समानुपातिकतर्फ संविधानसभा सदस्य कल्पना सोप, नेताहरू प्रसिस महरा, मुक्तिनाथ शर्मा, पदम सिंह मल्ल, पूर्ण सिंह कठायत, दिल बहादुर शाही र योगेन्द्र माझी (गोपाल) ले नाम दर्ता गराएको कांग्रेस डोटी सभापति नरेन्द्र बहादुर सिंहले बताए।

Laxmi sunrise bank
kumari

प्रकाशित: Sep 02, 2022| 07:27 शुक्रबार, भदौ १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।