काठमाडौं- नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२७ रुपैयाँ र बिक्री दर १२७ रुपैयाँ ६० पैसा कायम गरेको छ।
युरो एकको खरिद दर १२७ रुपैयाँ १० पैसा र बिक्री दर १२७ रुपैयाँ ७० पैसा कायम गरिएको छ। पाउन्ड स्टर्लिङ एकको खरिद दर १४६ रुपैयाँ ९१ पैसा र बिक्री दर १४७ रुपैयाँ ६० पैसा छ। यस्तै, स्विस फ्रेङ्क एकको खरिद दर १२९ रुपैयाँ ६५ पैसा र बिक्री दर १३० रुपैयाँ २६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
अस्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ५९ पैसा र बिक्री दर ८७ रुपैयाँ तोकिएको छ। क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ३६ पैसा रहेको छ भने बिक्री दर ९६ रुपैयाँ ८१ पैसा छ।
जापानी येन १० को खरिद दर ९ रुपैयाँ १२ पैसा र बिक्री दर ९ रुपैयाँ १६ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ४१ पैसा र बिक्री दर १८ रुपैयाँ ५० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
यस्तै, साउदी अरबियन रियाल एकको खरिर दर ३३ रुपैयाँ ७९ पैसा र बिक्री दर ३३ रुपैयाँ ९५ पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३४ रुपैयाँ ७६ पैसा र बिक्री दर ३४ रुपैयाँ ९२ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाामा उल्लेख छ।
मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ३४ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ४८ पैसा रहेको छ। यसैगरी कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ३८ पैसा र बिक्री दर ९ रुपैयाँ ४२ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ। - यस्तो छ आजको विनिमय दर