शुक्रबार, असोज ९, २०८३

डिजेल र मट्टीतेलको मूल्य बढ्यो, नयाँ बजार भाउ कति?

नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य बढाएको छ। बिहीबार राति १२ बजेबाट लागू हुने गरी निगमले डिजेल र मट्टीतेल लिटरमा ६ रूपैयाँ बढाएको निगमले जनाएको छ।
 |  शुक्रबार, भदौ १७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १७, २०७९

काठमाडौं- नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य बढाएको छ। बिहीबार राति १२ बजेबाट लागू हुने गरी निगमले डिजेल र मट्टीतेल लिटरमा ६ रूपैयाँ बढाएको निगमले जनाएको छ।

नयाँ मूल्यसँगै अब काठमाडौं उपत्यकामा डिजेल र मट्टीतेल १७८ रूपैयाँ लिटर पर्ने निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

निगमले पेट्रोल, खाना पकाउने एलपी ग्यास र हवाइ इन्धनको मूल्य भने यथावत राखेको छ।

हाल पेट्रोल लिटरको १८१ रूपैयाँ र एलपी ग्यास एक हजार ८ सय रूपैयाँ छ। हवाइ इन्धन (आन्तरिक) को प्रतिलिटर १९० रूपैयाँ छ।

निगमले बिहीबार भारतीय आयल कर्पोरेसन (आइओसी) बाट नयाँ मूल्यसूची प्राप्त भएको जानकारी दिँदै मूल्य समायोजन गरिएको जनाएको छ।

निगमका अनुसार नयाँ मूल्य सूचीअनुसार पेट्रोलमा प्रतिलिटर १.३९ रूपैयाँ, डिजेलमा ६.१२ रूपैयाँ र हवाइ इन्धनमा ८.०१ रूपैयाँ बढेर आएको छ। मट्टीतेल र ग्यासको भने भाउ केही घटेर आएको छ।

यसका बाबजुद पन्ध्र दिनमा ४८ करोड २४ लाख रूपैयाँ घाटा हुने स्थिति देखिएकाले मट्टीतेल र डिजेलको भाउ बढाइएको निगमले बताएको छ।

जारी विज्ञप्तिअनुसार निगमलाई ग्यासमा प्रतिसिलिन्डर ३७८.०७ रूपैयाँ र डिजेलमा ११.१८ रूपैयाँ घाटा छ। पेट्रोलमा भने २.८२ रूपैयाँ नाफा छ।


प्रकाशित: Sep 02, 2022| 06:54 शुक्रबार, भदौ १७, २०७९
प्रतिक्रिया दिनुहोस्