शनिबार, जेठ ३०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • फर्निचर तथा फर्निसिङ एक्स्पोको तयारी पूरा, सार्क राष्ट्रका सयभन्दा बढी प्रदर्शनी कक्ष रहने

फर्निचर तथा फर्निसिङ एक्स्पोको तयारी पूरा, सार्क राष्ट्रका सयभन्दा बढी प्रदर्शनी कक्ष रहने

फर्निचर तथा फर्निसिङ एक्स्पो २०२२ मा प्रदर्शकहरुको उल्लेख्य सहभागिता हुने भएको छ।
 |  बिहीबार, भदौ १६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १६, २०७९

काठमाडौं- फर्निचर तथा फर्निसिङ एक्स्पो २०२२ मा प्रदर्शकहरुको उल्लेख्य सहभागिता हुने भएको छ।

National life

राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले आठौं संस्करणको एक्स्पोमा नेपाल सहित भारत तथा बंगलादेशका प्रदर्शकको उत्साहजनक सहभागिता हुने जानकारी दिएको हो। साथै एक्स्पोको आयोजक नेपाल फर्निचर तथा फर्निसिङ्ग संघले एक्स्पोको आन्तरिक तयारी पुरा गरी भौतिक तयारी सुरु गर्न लागिएको जानकारी दिएको छ।

कार्यक्रममा संघका अध्यक्ष शुभेन्द्र जोशीले फर्निचर तथा फर्निसिङसँग सम्बन्धित विश्व बजारका आधुनिक प्रविधिको जानकारी आदान प्रदान गर्न एक्स्पोले महत्वपुर्ण भुमिका खेल्ने बताए। ‘किचेन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, कार्पेट, पर्दा, म्याट्रेस, डेकोरेशन सामग्री, होम डेकोर, अफिस फर्निचर, हस्पिटल फर्निचर, होम अप्लाइन्सेज, मेशिनरी औजारका साथै इन्टेरियर डिजाइन, वास्तु परामर्श प्रदर्शनीको आकर्षण रहने छ,’ अध्यक्ष जोशीले भने।

भदौ २३ गतेदेखि २७ गतेसम्म राजधानीको भृकुटीमण्डमा आयोजना हुने एक्स्पोमा १ सयभन्दा बढी प्रदर्शनी कक्ष रहनेछन्। ५ दिन चल्ने एक्स्पोमा १ लाख अवलोकनकर्ता आउने अपेक्षा संघको छ। एक्स्पो अवलोकनकर्ताका लागि प्रवेश निशुल्क गरिएको छ। यसका लागि अवलोकनकर्ताले आफ्नो विवरण रजिष्ट्रेशन डेक्समा उपलब्ध गराउनु पर्नेछ। साथै एक्स्पोको डिजिटल पेमेण्ट पार्टनर डिजी पे मार्फत पनि निशुल्क प्रवेश पास पाउन सकिनेछ। प्रदर्शनमा प्रत्येक दिन डोर प्राइजका साथै दशैं विशेष छुटको व्यवस्था गरिएको छ।

बदलिदो आधुनिक जीवन शैलीसँगै बढ्दै गएको आन्तरिक सजावटको मागका लागि एक्स्पो उचित गन्तव्य हुने आयोजकको विश्वास छ। यस्तो मागको करिब ६० प्रतिशत बजार हिस्सा ओगट्न सफल नेपाली फर्निचर तथा फर्निसिङ उद्योग आफ्नो बजार विस्तार गर्न राम्रो वातावरणको पर्खाइमा रहेको भन्दै संघले एक्स्पोले स्वदेशी उत्पादनको प्रवद्र्धनमा टेवा पुग्ने विश्वास लिएको छ। ‘नेपाली उत्पादनको प्रवद्र्धन गर्ने, प्रचारप्रसार गर्ने र विदेशबाट आयात हुने वस्तुहरुलाई विस्थापन गर्ने उद्देश्यका साथ आयोजना गरिएको एक्स्पोले नीति निर्मातालाई घच्घच्याउने अपेक्षा गरेका छौं,’ एक्स्पोका संयोजक ओम बस्नेतले भने।

Shivam cement

मौलिक तथा परम्परागत फर्निचरका साथै आधुनिक शैलीका फर्निचर र फर्निसिङका उत्पादनका बारेमा जानकारी लिन सेवाग्राहीलाई एक्स्पो उचित गन्तव्य हुने अपेक्षा गरिएको छ। प्रदर्शनीमा फर्निचर फर्निसिङका नविनतम सामाग्रीको प्रदर्शनी मात्र नगरी त्यसका उपयोगिता, प्रयोग विधि, बनोटका बारेमा पनि अवलोकनकर्तालाई जानकारी गराउने लक्ष्य आयोजकको छ। यसका अलावा फर्निचर फर्निसिङ व्यवसायमा आधुनिक प्रविधि भित्र्याउँदै फर्निचरजन्य उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाउन एक्स्पोले टेवा पुर्याउने आयोजकको विश्वास छ।

प्रकाशित: Sep 01, 2022| 17:11 बिहीबार, भदौ १६, २०७९
प्रतिक्रिया दिनुहोस्