बिहीबार, जेठ २८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • ‘आइएमई साथैमा, मोबाइल हातैमा र १० लाख खातैमा’ अफर सार्वजनिक

‘आइएमई साथैमा, मोबाइल हातैमा र १० लाख खातैमा’ अफर सार्वजनिक

दसैँ, तिहार, छठ र नेपाल संवत्लगायत चाडपर्वको अवसर पारेर रेमिट्यान्स सेवा प्रदायक कम्पनी आइएमईले सेवाग्राहीलाई लक्षित गर्दै सेवाग्राहीमुखी दसैँ अफर सार्वजनिक गरेको छ।
 |  बिहीबार, भदौ १६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १६, २०७९

काठमाडौं- दसैँ, तिहार, छठ र नेपाल संवत्लगायत चाडपर्वको अवसर पारेर रेमिट्यान्स सेवा प्रदायक कम्पनी आइएमईले सेवाग्राहीलाई लक्षित गर्दै सेवाग्राहीमुखी दसैँ अफर सार्वजनिक गरेको छ। कम्पनीले ‘आइएमई साथैमा, मोबाइल हातैमा र १० लाख खातैमा’ भन्ने नारासहित दसैँ अफर सार्वजनिक गरेको हो। 

National life

योजनाअनुसार विदेशबाट आइएमईमार्फत आएको रकम प्राप्त गर्ने सेवाग्राहीहरूमध्ये दैनिक एकजनालाई सामसङ मोबाइल उपहारस्वरूप प्रदान गरिने कम्पनीले जनाएको छ। यसका साथै, हरेक हप्ता आइएमई पे मोबाइल वालेट खातामा रकम प्राप्त गर्ने दुईजनालाई जनही २५ हजार रुपैयाँ उपहारस्वरूप प्रदान गरिने जनाइएको छ। अफर अवधिको अन्त्यमा एकजना भाग्यशाली विजेतालाई १० लाख रुपैयाँ बम्पर उपहार प्रदान गरिने उल्लेख छ। 

कुल ८२ जना सेवाग्राही प्रत्यक्ष लाभान्वित हुने यो अफर भदौ १६ देखि कात्तिक १६ सम्म कुल नौ हप्ता अर्थात् ६३ दिन कायम हुने जनाइएको छ। अफर सार्वजनिक गर्दै ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले आइएमईले आफ्नो स्थापनाकालदेखि नै यस्ता अफर ल्याउँदै आएको बताए। यस्ता अफरले सेवाग्राही, व्यावसायिक साझेदार र कम्पनीबीचको त्रिपक्षीय सम्बन्धलाई मजबुत बनाउने उनको भनाइ थियो।

देशको आर्थिक क्रियाकलापमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण छ भन्ने कुरा अहिले आएर झनै प्रस्ट भएको भन्दै उनले विदेशबाट आउने रेमिट्यान्स बढाउन सबैले आ–आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्ने बताए। रेमिट्यान्स आप्रवाहलाई बढाउन, रेमिट्यान्स पठाउँदा औपचारिक माध्यमबाट नै पठाउन यस्ता अफरको आवश्यकता पर्ने उनको भनाइ थियो। 


प्रकाशित: Sep 01, 2022| 17:07 बिहीबार, भदौ १६, २०७९
प्रतिक्रिया दिनुहोस्