शुक्रबार, मंसिर १२, २०८२

विष्णु पाैडेलसँग भिड्न गृहमन्त्री खाण सिफारिस

यसअघि निर्वाचन क्षेत्र नम्बर ३ बाट लडेका गृहमन्त्री खाणलाई पहिलाे नम्बरमा राखेर कांग्रेसले आगामी मङ्सिर ४ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ क्षेत्र नम्बर २ बाट सिफारिस भएको हो।
 |  बिहीबार, भदौ १६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १६, २०७९

बुटवल- नेपाली कांग्रेसले रूपन्देही-२ बाट गृहमन्त्री बालकृष्ण खाणलाई प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनाउन सिफारिस गरेकाे छ। 

National life

यसअघि निर्वाचन क्षेत्र नम्बर ३ बाट लडेका गृहमन्त्री खाणलाई पहिलाे नम्बरमा राखेर कांग्रेसले आगामी मङ्सिर ४ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ क्षेत्र नम्बर २ बाट सिफारिस भएको हो।

नेपाली कांग्रेस २ नम्बर क्षेत्रीय समितिको बिहीबार बसेको बैठकले यस्ताे गृहमन्त्री खाणसहित ५ जनाको नाम  सिफारिस गरेको छ। खाणसँगै युवराज गिरी, चुन्नु प्रसाद पौडेल, गोकर्ण पौडेल र कृष्णप्रसाद पोखरेलको नाम सिफारिस भएको क्षेत्रिय सचिव विमलराज भट्टराईले जानकारी दिए। 

रुपन्देही–२ मा पूर्वअर्थमन्त्री एवम् एमाले उपाध्यक्ष विष्णु पौडेलले टिकट पाउने निश्चित जस्तै छ। निर्वाचन क्षेत्र नं २ मा पाैडेलले लगातार ३ पटक चुनाव जितेका छन्। खाणकाे नाम २ बाट सफारिस भएपनि ३ बाटै लड्ने तयारी भइरहेको क्षेत्रीय सभापति सुशील गुरुङले बताए।

रुपन्देही-२ मा गठबन्धनबाट नेकपा एकीकृत समाजवादीले राजु गुरूङलाई अगाडि सारिसकेकाे छ। गृहमन्त्री खाणले २०४८ सालमा बुटवल क्षेत्रबाट सांसद बनेका थिए।

Laxmi sunrise bank
kumari

प्रकाशित: Sep 01, 2022| 16:43 बिहीबार, भदौ १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।