बिहीबार, जेठ २८, २०८३

घोषणा गरियो स्वतन्त्र लौरो अभियान

सायमि संयोजक रहेको अभियानले देशैभरबाट स्वतन्त्र रूपमा उम्मेदवारी दिनेछ।
 |  बिहीबार, भदौ १६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १६, २०७९

काठमाडौं– काठमाडौं क्षेत्र नम्बर ८ बाट आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका सुमन सायमिलगायतले ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ घोषणा गरेका छन्। सायमि संयोजक रहेको अभियानले देशैभरबाट स्वतन्त्र रूपमा उम्मेदवारी दिनेछ।

National life

बिहीबार ललितपुरमा कार्यक्रम गरेर उक्त अभियानले एकै चुनाव चिह्न र साझा घोषणापत्रका साथ संयुक्त प्रचार–प्रसार गरिने बताएको छ। कार्यक्रममा विद्या महर्जन, राजाराम तण्डुकार, मधुसूदन पाठक, भीष्म रानालगायत सहभागी थिए।

विद्याले काठमाडौं–९ बाट उम्मेदवार हुने बताएकी छन्। राजाराम ललितपुर ३, कलाकारसमेत रहेका मधुसूदन काठमाडौं ५ र भीष्म रुपन्देही ५ बाट स्वतन्त्र उम्मेदवार हुनेछन् ।

पार्टीका पुराना नेताको विकल्प दिन स्वतन्त्र अभियान थालिएको उनीहरूको दाबी छ। सायमि काठमाडौं महानगरको मेयरमा गत वैशाखमा स्वतन्त्र उम्मेदवार भई बालेन साहसँग पराजित भएका थिए।

प्रकाशित: Sep 01, 2022| 16:22 बिहीबार, भदौ १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...