सोमबार, फागुन १८, २०८२

युनाइटेडमा एन्टोनी सार्वजनिक

योसँगै एन्टोनी प्रिमियर लिगमा महँगा खेलाडीको सूचीमा चौथो स्थानमा परेका छन्। यसअघि म्यानचेस्टर सिटीले एस्टन भिल्लाबाट ज्याक ग्रिलिसलाई पनि १०० मिलियन युरोमा अनुबन्ध गरेको थियो।
 |  बिहीबार, भदौ १६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १६, २०७९

काठमाडौं- ब्राजिलियन विंगर एन्टोनी म्यानचेस्टर युनाइटेडमा सार्वजनिक भएका छन्। युनाइटेडले एन्टोनीलाई ९ करोड ५ ० लाख शुल्क र ५० लाख युरो एड-अनका लागि दिने गरी अनुबन्ध गरेको हो। यसअघि उनी डच क्लब आयाक्सबाट खेल्दै आएका थिए।

योसँगै एन्टोनी प्रिमियर लिगमा महँगा खेलाडीको सूचीमा चौथो स्थानमा परेका छन्। यसअघि म्यानचेस्टर सिटीले एस्टन भिल्लाबाट ज्याक ग्रिलिसलाई पनि १०० मिलियन युरोमा अनुबन्ध गरेको थियो। २२ वर्षीय एन्टोनीलाई सम्भावित सन् २०२७ सम्मका लागि युनाइटेडले अनुबन्ध गरेको हो। यसपछि पनि उनको म्याद थप गर्न सकिने बताइएको छ। 

युनाइटेडमा आइपुगेपछि एन्टोनीले विश्वकै ठूलो क्लबमा आउन पाउनु सपना जस्तो भएको बताएका छन्। 'विश्वको सबैभन्दा प्रतिष्ठित क्लबमा सामेल हुन पाउनु मेरो करियरको अविश्वसनीय क्षण हो। यो मेरो लागि एउटा सपना जस्तै हो। मलाई विश्वास गर्ने सबैलाई, विशेष गरी मेरो परिवार, र मेरा सबै प्रशिक्षक र टोलीका साथीहरूप्रति म आभारी छु,' उनले भने। 

एरिक टेन ह्यागको नेतृत्वमा आयाक्समा खेल्नु आफ्नो खेल करिअरका लागि महत्वपूर्ण भएको उनले उल्लेख गरेका छन्। ह्यागको फुटबल र कोचिङको शैलीले आफूमा उत्कृष्ट प्रदर्शन गर्न क्षमता विकास गर्ने विश्वास उनको छ। म्यानचेस्टरमा आउँदा म उत्साहित छु,' उनले भने।  

युनाइटेडका प्रशिक्षक एरिक टेन ह्याग र एन्टोनी यसअघि आयाक्समासँगै थिए।

kumari

प्रकाशित: Sep 01, 2022| 15:51 बिहीबार, भदौ १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।