बिहीबार, जेठ २८, २०८३

एमालेले दियो २२ भदौसम्म उम्मेदवार सिफारिस गरिसक्न निर्देशन

अध्यक्ष केपी ओलीले जारी गरेको अन्तरपार्टी निर्देशन–५ मा उम्मेदवार सिफारिसको अन्तिम समय २२ भदौलाई तोकिएको हो।
 |  बिहीबार, भदौ १६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १६, २०७९

काठमाडौं– नेकपा एमालेले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि २२ भदौभित्र उम्मेदवारको नाम सिफारिस गर्न मातहत कमिटीलाई निर्देशन दिएको छ।

National life

एमालेको १०–११ भदौमा सम्पन्न चौथो केन्द्रीय कमिटी बैठकका निर्णयलाई १५ भदौमा पार्टी अध्यक्ष केपी ओलीले जारी गरेको अन्तरपार्टी निर्देशन–५ मा उम्मेदवार सिफारिसको अन्तिम समय २२ भदौलाई तोकिएको हो। 

उम्मेदवार सिफारिस गर्दा पार्टीको नीति र कार्यक्रमप्रति प्रतिबद्ध, लोकप्रिय र विजयको सुनिश्चितता, पार्टीप्रतिको निष्ठा र आन्दोलनमा योगदान, सन्तुलन र समावेशिता, निर्वाचन कानुनबमोजिमको योग्यतालगायतका आधार निर्धारण गरिएको छ। 

निर्वाचन क्षेत्र कमिटीबाट गरिने सिफारिसमा जिल्ला र प्रदेश कमिटीले रायसहित केन्द्रमा सिफारिस गर्नुपर्नेछ। समानुपातिकतर्फ सिफारिस गर्दा समावेशिताका आधारमा गर्नुपर्नेछ भने जनसंगठनको केन्द्रीय तहबाट एक जना महिलासहित तीन जनालाई समानुपातिकमा सिफारिस गर्नुपर्नेछ।

प्रकाशित: Sep 01, 2022| 15:35 बिहीबार, भदौ १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...