काठमाडौं- रिलायन्स लाइफ इन्स्योरेन्सले भदौ ८ र ९ गते बर्दिबास र हेटौँडामा ‘क्षेत्रीय एजेन्सी भेटघाट सम्मेलन–रिलायन्स साथी क्षेत्र ५ र ९ को सम्मेलन’ सम्पन्न गरेको छ।
उक्त सम्मेलनको प्रमुख अतिथिको रुपमा उपप्रमुख कार्यकारी अधिकृत निराजन कँडेलको उपस्थिति रहेको थियो। त्यसैगरी प्रमुख व्यापार अधिकारी सूर्य प्रकाश गुप्ता र सन्दीप कसजु , क्षेत्रीय सहायक प्रबन्धकहरु, तथा रिलायन्स साथीका सो क्षेत्रका सदस्यहरुको उपस्थिति रहेको थियो।
कार्यक्रममा प्रेरक प्रशिक्षक बि.पि. रेग्मीले आफ्ना भनाइ र उद्धरणहरु प्रस्तुत गर्दै उपस्थित रिलायन्स साथीलगायत अन्य व्यक्तित्वहरुको ध्यानाकर्षण गरेका थिए। हरेक वर्ष प्रत्येक क्षेत्रमा गरिँदै आएको यो एजेन्सी भेला कम्पनीको व्यवसायिक प्रयोजनको लागि विभिन्न तालिम दिइएको थियो।